ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी स्थायी कमिटी बैठक बस्दै


एबीसी / संवाददाता
३ भदौ २०७९, शुक्रबार   ७ : २५   बजे

काठमाडौं, ३ भदौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा साढे ८ बजे बस्नेछ । आज बस्ने बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी चयन गर्ने भएका छन् ।

पटकपटक पदाधिकारी टुंग्याउने भनिएपनि अहिलेसम्मका बैठकले ठोस निर्णय गर्न सकेको छैन । बुधबार नै प्रवक्ता कृष्णबहादुर महराले धेरै नाम फाइनल भइसकेको भन्दै बिहीबार नै सकिने बताएका थिए । तर, हिजोको बैठक विभिन्न कारण देखाएर पटकपटक सारियो ।

यसअघि बुधबार बसेको पार्टी बैठकले पदाधिकारीबाहेकका सबै समिति टुङ्गो लगाइसकेको छ । प्रचण्डले हिजोको बैठकमा देव गुरुङलाई महासचिव बनाउने संकेत दिएका थिए । उनले दीनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष, वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेललाई उपमहासचिव बनाउने चर्चा छ । प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने यसअघि नै नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu