ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले नीतिमा सही भएको पुष्टि भयो – डा. राजन भट्टराई, नेता, नेकपा एमाले


एबीसी / संवाददाता
३ भदौ २०७९, शुक्रबार   १ : ४६   बजे

काठमाडौं, ३ भदौ ।  नेकपा एमाले नेता डा. राजन भट्टराईले देशको पछिल्लो राजनीतिक परिस्थितीबारे कुरा गर्दै एमाले नीतिमा सही भएको पुष्टि भएको बताएका छन् । आगाामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । डा. भट्टराई भन्छन्, आन्तरिक तयारीमा व्यस्त छौं ।

पालिका, वडा तहमा सांगठानिक सुदृढिकरण एवम् प्रशिक्षण गर्ने त्यो सँगसँगै पालिट्ब्यूरो, केन्द्रीय कमिटी बैठकको तयारीमा छौं ।” उनले यो समय नन् पोलिटिकलदेखि लामो समय पार्टीमा काम गरेकाहरु एमाले प्रवेश गर्ने क्रम बढेको बताए । एमाले छोडेकाहरु फेरी पुनः पार्टीमा फर्केकाले यसले एमालेप्रतिको आकर्षण, विकास निर्माण लगायतमा एमाले नीतिमा सही भएको महसुस एवम् पुष्टि भएको उनको भनाइ छ । एबीसी टेलिभिजनसँग कुरा गर्दै भट्टराईले एमाले आमरुपमा सुदृढ रहेको, हिजोको भन्दा राम्रो रेस्पोन्स पाइरहेको बताए । “अरु सबै गठबन्धनमा जानुपर्ने, एक्लै एमालेसँग सकिँदैन भनेर गठबन्धन बनाउनुपर्ने अवस्था छ ।

जनतालाई हामीले जुन किसिमका विचार, दृष्टिकोण र राम्रा काम स्थापित गराएर लिएर जाने हो भने समृद्ध नेपाल र सुखी नेपालीको एजेण्डा एमालेको नेतृत्वमा मात्रै सम्भव छ भन्ने जनताले बुझेका छन्”, उनले भने । विगतमा एमालेको ४० महिनाको कार्यकालको सरकार र अहिलेको सरकारबीच तुलना गर्न लागेकाले नेपाली कांग्रेसले पटक–पटक सत्ता पाउँदा वा सरकारको नेतृत्व लिदा यसले निकास दिन नसकेको उनको भनाइ छ ।

उनले भने, “अहिलेको गठबन्धन सरकार देश कसरी बनाउने, समाजलाई रुपान्तरण गर्ने र विकास र समृद्धिको बाटोतर्फ लानुपर्छ भन्ने सोचबाट बनेकै होइन । पाँचौ पटक देउवा प्रधानमन्त्री हुनुहुन्छ, बहुदलीय व्यवस्था सुरु भएदेखि नै विवादित सन्धी, सम्झौता उहाँकै पालामा भएको छ ।

त्यसो हुँदा कुनै उद्देश्य, प्राकृतिक विचार, दृष्टिकोण मिल्ने गठबन्धन नभई एमालेलाई सत्ता बाहिर पार्नका निमित्त मात्रै यो बनेको उनले बताए । यसकारण, एमाले सामु थुप्रै चुनौतीहरु भएपनि आमरुपमा सकारात्मक धारणा पाएको र पार्टीको भूमिका, नीतिगत तरिकालाई कार्यान्वयन गरेर अघि बढ्ने उनले बताएका छन् ।सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरु कांग्रेसको नेतृत्वमा समाजवाद आउछ भन्ने भ्रममा रहेको उल्लेख गरे । देश भित्र र बाहिर राष्ट्रिय एजेण्डालाई प्राथमिकतामा राखेर कुनै पनि मुलुकको पक्षमा छैनौं भनेर अघि बढ्नुपर्ने तर त्यसो नभएको उहाँले भन्नुभयो । “कांग्रेसको पछाडि लागेर, दक्षिणपन्थीलाई नेतृत्वमा राखेर समाजवाद आउँदैन । नाम चाहिँ वामपन्थी, काम चाहिँ दक्षिणपन्थी गरेर वामपन्थी एकता सम्भव छैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group