ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वभौमिकताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चीनको आग्रह


एबीसी / संवाददाता
४ भदौ २०७९, शनिबार   ९ : ३२   बजे

काठमाडौं, ४ भदौ ।  ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद थप बढेको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बल्झिएको थियो ।

पछिल्लो पटक ताइवानले आफ्नो अत्याधुनिक लडाकु विमानसहित सैन्य अभ्यास समेत गरेको छ । यसअघि चीनले पाँच दिन लामो सैन्य अभ्यास गरेको थियो ।

ताइवानले आफूमाथि आक्रमण गर्न चीनले सैन्य अभ्यास तीव्र पारेको बताएपछि अमेरिकाले चर्को आलोचना गरेको थियो । तर चीनले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकासँग आग्रह गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको दृढ सङ्कल्पलाई गलत अर्थका रुपमा नबुझ्न अमेरिकी पक्षलाई आग्रह गर्नुभएको हो । अमेरिका एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि हटेको पनि उहाँको आरोप छ । पछिल्लो पटक ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद बढेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले अमेरिकी उक्साहट र यसकाविरूद्ध चीनको प्रतिक्रियालाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रुपमा बुझेको र समर्थन गरेको पनि दाबी गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यसैबीच मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाउनुभएको छ । पश्चिमा देशहरूको आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले बेइजिङले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको उल्लेख गर्नुभयो ।

चीनले चाहेमा जुनसुकै बेला आक्रमण गर्न सक्ने तर अहिलेसम्म त्यसो नगरेकाले अब पनि ताइवानमा आक्रमण गर्छ भन्ने आफूलाई नलागेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu