ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत


एबीसी / संवाददाता
७ भदौ २०७९, मंगलबार   ७ : १२   बजे

काठमाडौ, ७ भदौ । ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ। प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएको उक्त विधेयक राष्ट्रियसभाको बैठक ६ दिन पर धकेलिएसँगै त्यसलाई अघि बढाउने प्रक्रियामा ढिलाइ हुने भएको हो।

शनिबार राति निधन भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभाको बैठक यही भदौ १२ गते आइतबारका लागि तोकिएको छ। तर प्रतिनिधिसभाको बैठक भने मंगलबारका लागि नै बोलाइएको छ।

राष्ट्रपतिसमक्ष दुवै सदनले पारित गरेको नागरिकता विधेयक यसअघि गत साउन १४ गते प्रमाणीकरणका लागि पठाइएको थियो। राष्ट्रपतिले पुनर्विचार गर्न भन्दै गत साउन २९ गते संसद्मै फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिले नागरिकता विधेयकको संवेदनशीलतालाई औंल्याउँदै केही पक्षमा पुनर्विचार गर्न पठाए पनि प्रतिनिधिसभाले भदौ २ गते जस्ताको तस्तै पारित गरेको थियो। विधेयकका पक्षमा १३५ र विपक्षमा ६० मत परेको थियो। अहिले यो विधेयक प्रतिनिधिसभाले पारित गरेर सन्देश राष्ट्रियसभामा पठाएको छ। प्रतिनिधिसभाको बैठक मंगलबारका लागि बोलाएर राष्ट्रियसभाको बैठक भने अजेन्डा हुँदाहुँदै एक साता पर धकेलिएको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नागरिकता विधेयकलाई लिएर व्यापक विरोध भइरहेका बेला राष्ट्रपति भण्डारीले यही निहुँमा राजीनामा गर्न सक्नेसम्मको आकलन हुन थालेपछि केही समय ढिलाइ गर्ने रणनीति सत्तापक्षले अंगीकार गरेको हुन सक्ने चर्चा राजनीतिक वृत्तमा भइरहेको छ। संसद्को कार्यकाल सकिन एक महिना पनि बाँकी छैन। यो विधेयक अहिले पारित भयो भने त्यसले आफ्नो मत घटाउन सक्छ भन्ने अनुमान सत्तारूढ दलहरूले गरिरहेका छन्। राष्ट्रियसभामा ढिलाइ गर्दै संसद्को एक महिने कार्यकाल गुजार्न सकियो भने सबै पक्षलाई सजिलो हुन्छ भन्ने बुझाइ ती दलमा रहेको अनुमानसमेत भइरहेको छ। नेपाली कांग्रेस पनि यो विधेयकलाई जोडबल गरेर अघि बढाउने काममा सुस्त देखिन थालेको छ।

यता सरकारले नागरिकता विधेयकजस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई फास्ट ट्र्याकबाट अघि बढाउने तयारी गरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकको कार्यसूचीमा यो विधेयक टेबुल गर्ने विषय राखिएको छ। विधेयक टेबुल भएपछि अर्को बैठकमा ‘विचार गरियोस्’ भन्ने प्रस्ताव पारित गर्ने र संशोधनको समय दिने तयारी सरकारको छ। संशोधन जति आए पनि तिनलाई समितिमा पठाउने तयारीमा सरकार देखिन्न। यसलाई नागरिकता विधेयकजस्तै सदनबाटै पारित गर्ने मनशायमा सरकार रहेको छ।

प्रमुख प्रतिपक्षी एमालेले भने फास्ट ट्र्याकमा पारित गर्ने तयारीप्रति विरोध जनाउँदै आएको छ। एमालेका नेताले सरकारसँग बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक गम्भीर प्रकृतिको भएकाले यसलाई फास्ट ट्र्याकमा लैजान नहुने भन्दै सरकारलाई जानकारी दिएको छ। प्रतिनिधिसभाले पारित गरेका विधेयकलाई राष्ट्रियसभाले पारित गर्न ढिलाइ गरे दुवै विधेयक अलपत्र पर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu