ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीज : समानताका लागि समान पहिरन


एबीसी / संवाददाता
७ भदौ २०७९, मंगलबार   १० : ०९   बजे

टीकापुर, ७ भदौ । हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन् । जिल्लाका महिलाले यस वर्ष केही दिनअघिबाटै दर खाने र जमघट हुनेलगायतका कार्यक्रम सुुरु गरिसकेका छन् ।

केही दिनअघि टीकापुर अस्पतालमा कार्यरत महिला कर्मचारीले दर खाने कार्यक्रम राखे । सो कार्यक्रममा सहभागी अस्पतालका सबै महिलाको पहिरन एउटै खालको थियो । उनीहरूले बजारमा सुपथ मूल्यमा पाइने हेर्दा पनि सामान्य देखिने साडी र सामान्य गरगहना लगाएर तीज मनाएका थिए । “हामीले समानता हामीबाटै सुरु गर्नुपर्छ भन्ने ठान्यौँ, तीजमा गरिने अनावश्यक तडकभडक रोक्न अरुलाई पनि हौसला मिलोस् भनी एउटै खालको पोशाकमा तीज मनायौँ”, अस्पतालका नर्सिङ अधिकृत कलावती तिमिल्सिनाले भन्नुभयो, ‘‘हामी अगुवा पनि हौँ, हाम्रो दायित्व सकारात्मक सन्देश दिने पनि हो । त्यसैले सस्तो सारी, गलामा तिलहरीमात्र लगाएर तीज मनायौँ । एकापसमा सबै उस्तै देखिँदा सबैलाई रमाइलो र आनन्द मिल्यो ।”

जिल्लाको लम्कीचुहाकी सन्जु भण्डारी र उहाँका साथीहरूले समेत दर खाने कार्यक्रममा एउटै खालको पहिरन लगाउनुभयो । उहाँहरूले रमाइलोसँगै एउटै खालको साडी लगाउने चलन चलेकाले आफूहरूले पनि लगाएको जानकारी दिनुभयो । “हामीले तीजमा गरिने अनावश्यक खर्च रोकौँ र रमाइलो गरौँ भनी सल्लाह ग¥यौँ र एउटै खालको पहिरन लगायौँ”, भण्डारीले भन्नुभयो, “सबैको हैसियत एउटै देखियो । एकअर्कामा कमजोर अनुभूति कसैमा भएन ।”

विगतका तीजलाई हेर्दा महिलाले महँगा साडी, सुनका गहना प्रदर्शन गर्ने चलन छ । यस वर्ष महिलाले अनावश्यक तडकभडक नदेखिने गरी सामान्य पहिरनमा तीज मनाएमा महँगो खरिद गर्न नसक्नेलाई पनि सहज हुने उहाँहरुको भनाइ छ । टीकापुरमा तिमिल्सिना समाजमा आवद्ध महिलाले समेत यस वर्ष एउटै खालको साडी किनेका छन् । उहाँहरुले यस वर्षको तीजमा सबै दिदी–बहिनी एक ठाउँमा जम्मा भएर पूजा गर्ने कार्यक्रम समेत तय गरेका छन् । सबैमा समानता देखियोस् भनेर बजारमा सस्तोमा पाउन सकिने साडी किनेको समाजमा आवद्ध रेश्मा भट्टले जानकारी दिनुभयो । “हामी दिदी–बहिनी फरक देखिनु भएन, कोही धनी, कोही गरिब छन्, चाडपर्वले त धनी–गरिब भन्दैन । सबैका लागि उस्तै र समान हो”, उहाँले भन्नुभयो, “पर्व समान भएपछि हामी किन असमान हुनु त रु हामी पनि सबै एउटै खालको वातावरणमा पर्व मनाऔँ भनेर यस वर्ष यस्तो तयारी गरिएको हो ।”

जिल्ला प्रशासन कार्यालय कैलालीले समेत तीजपर्वलाई भड्किलो नबनाउन आग्रह गरेको छ । पर्वका अवसरमा अनावश्यक भीडभाड नगर्न, पार्टी प्यालेस तथा होटलमा अनावश्यक खर्च र भीड नगर्न आग्रह गरेको छ ।

पर्व मानिसको खुसीसँग जोडिएको हुन्छ । पर्वले खुसी र उमङ्ग ल्याउनुपर्छ तर मानिसले ध्यान नदिँदा, अनावश्यक खर्च गर्दा पर्वले दुःखी पनि बनाउन सक्छ । त्यसैले अनावश्यक खर्च नगरी सामान्य तवरले तीज मनाउन कर्णाली मावि टीकापुरकी शिक्षिका कल्पना रेग्मी बताउनुहुन्छ । “चाडपर्वले एकता, सद्भाव र मेलमिलाप बढाउनुपर्छ । अझ तीज महिलाको पर्व भएकाले यसले महिलाबीचको असमानता तोड्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “तीजलाई उत्सवका रूपमा मनाउँदा अनावश्यक फेसन र सम्पत्ति देखाउन आवश्यक छैन ।”

महिलाको स्वतन्त्रासँग जोडिएको पर्व भएकाले पहिरन समान लगाउनु, सामान्य दर कार्यक्रम गर्नु ठीकै हो । समान पहिरनका नाममा नयाँ कपडा किन्न नसक्नेलाई दबाब भने दिन हुँदैन । लम्कीचुहा–३ की दुर्गा सोव सम्पन्न महिलाले तीजमा लगाउने कपडा र गहनाले विपन्न महिलालाई तनाव हुने गरेको बताउनुहुन्छ ।

“पर्व सबैको हो । सबैले मनाउन पाउनुपर्छ । बजारमा हुने तीज कार्यक्रममा सहभागी हुने, नाचगान गर्ने अवसर हामीले पनि पाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “बजारका महिलाका गहना देखेर हामी मञ्चमा चढ्न पनि हिम्मत गर्दैनौँ । सबैको समान पहिरन भए, सामान्य गरगहना लगाएमा हामी पनि रहर पूरा गर्ने थियौँ ।”

तीजलाई आत्मीयता र सौहार्दको पर्व मानिन्छ । तीजलाई सबै महिलाले समानता र आत्मीयताको पर्वका रूपमा स्वीकार गरेर मनाउन आवश्यक रहेको महसुस सबैले गर्नुपर्छ । “तीजमा विवाह गरेर टाढा–टाढा पुगेका चेलीहरू जम्मा भएर साथीसङ्गीसँग गरिने व्यवहार आत्मीयताको नमूना हो”, अधिकारकर्मी निर्मला कडायत भन्नुहुन्छ, “अब महिलाका पीडा, वेदनाका कुराभन्दा अवसर र समानताका कुरामा ध्यान दिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group