ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशम चौधरीकी पत्नी रञ्जिताद्वारा उम्मेदवारी घोषणा


एबीसी / संवाददाता
९ भदौ २०७९, बिहिबार   ८ : १८   बजे

कैलाली, ९ भदौ । अघिल्लो पटक रेशम चौधरी निर्वाचित भएको क्षेत्रबाट यस पटकको निर्वाचनमा उनकी पत्नी रन्जिता श्रेष्ठ चौधरी होमिने भएकी छन् । उनी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय अध्यक्ष हुन् । उनले कैलाली स्थित लम्कीचुहामा आयोजित कार्यक्रममा आफू कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । कैलाली क्षेत्र नम्बर १ बाट अघिल्लो पटक रेशम चौधरीले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई झन्डै २१ हजारको फराकिलो मतान्तरले हराएका थिए ।

चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत र कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएकी थिइन् ।‘

अघिल्लो पटक नागरिकले भारी मतले उहाँलाई विजयी गराउनु भएको थियो तर, उहाँलाई झुटो मुद्धामा फसाएर नागरिकहरूको काम गर्न दिइएन अब नागरिकहरूको अपेक्षा म पुरा गर्नेछु’ ‘यहाँका नागरिकहरूको सल्लाह सुझाव पछि मैले कैलाली क्षेत्र नम्बर १ रोज्ने निर्णय गरेकी हुँ ।’ रन्जिता चौधरीको कैलाली क्षेत्र नम्बर १ सँगै कैलाली ५, कञ्चनपुर १ र बर्दिया २ को पनि चर्चा चलिरहेको थियो । तर, उनले आज कैलाली १ बाट निर्वाचनमा होमिने घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

सम्बन्धित

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu