ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी चौकी नजिकै आइएमई काउन्टरमा दिउँसै डकैती


एबीसी / संवाददाता
१० भदौ २०७९, शुक्रबार   ३ : १३   बजे

काठमाडौं, १० भदौ । सर्लाहीको गोडैता बजारमा शुक्रबार दिउँसै डकैतीभएको छ। प्रहरी चौकीभन्दा करिब दुई सय मिटर मात्र टाढा रहेको आईएमई काउन्टरमा हतियारधारी समूहले लुटपाट गरेको छ। शुक्रबार बिहान करिब दश बजे आइएमई पसलमा चार जनाको नकाबधारी समूहले हतियार देखाई लुटपाट गरेको हो।

गोडैता ८ स्थित बजारमै रहेको आइएमई काउन्टरमा चार जनाको समूहमा आएको नकाबधारी समूहले पसलमा प्रवेश गरी एक थान कम्प्युटरसहित ८ लाख ५० हजार नगद पनि लुटेर भाग्न सफल भएको सञ्चालक शुभनारायण पण्डितले जानकारी गराएका छन्।

गौडैता नगरपालिकाको मुख्यबजारमा नै नकाब लगाएको हतियारधारी समूहले लुटपाट गरेको वडाध्यक्ष मीरेन्द्रकुमार झाले बताएका छन्। दुई सय मिटरभित्रमा रहेको प्रहरी चौकीको पनि डर नमानी दिउँसै हतियारधारी समूहले लुटपाट गरेपछि गोडैता बजारका व्यावसायीहरुमा त्रासको वातावरण बनेको वडाध्यक्ष झाले बताएका छन्।

दुई ओटा मोटरसाइकलमा चार जना लुटेराहरुले नगदतथा कम्प्युटर लुटेर भागेपछि जिल्लामा प्रहरी सतर्कता बढाइएको छ। घटना लगत्तै डिएसपीको कमान्डमा प्रहरीको टोली घटनास्थलमा परिचालन गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाही प्रहरी प्रमुखएसपी प्रवीण पोखरेलले सर्लाही जिल्लाभर प्रहरी परिचालन गरिएको र बोर्डर क्षेत्रमा निगरानी बढाएर अनुसन्धान भइरहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group