ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता विधेयकमाथि आज विधायन समितिमा छलफल हुँदै


एबीसी / संवाददाता
१३ भदौ २०७९, सोमबार   ८ : ३६   बजे

काठमाडौ, १३ भदौ । नागरिकता संशोधन विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ । मध्यान्ह १२ बजेका लागि समितिको बैठक बोलाइएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई आमन्त्रण गरिएको छ ।हिजो बसेको राष्ट्रियसभा बैठकले विधेयक प्रक्रियागत रूपमा अघि बढाउने सर्वसम्मत निर्णय गरेको थियो । बैठकमा गृहमन्त्री खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाउने प्रस्ताव गर्नु भएको थियो ।

योसँगै राष्ट्रपतिले सन्देहसहित फिर्ता पठाएको विधयेकमाथि समितिमा दफावार छलफल हुनेछ । राष्ट्रपतिबाट फिर्ता आएको विधेयक प्रतिनिधिसभाले भने सामान्य छलफलपछि हुबहु पारित गरेको थियो ।सदनमै छलफल गर्नुपर्ने अडानमा सरकार लचिलो भएपछि विधेयकबारे समितिमा छलफल हुने भएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै दल विधेयककबारे थप छलफल गर्न सहमत बनेका थिए ।छलफलपछि समितिले प्रतिवेदनसहित पुनः राष्ट्रियसभामा पेश गर्ने विधेयक सदस्यहरुलाई वितरण गरिनेछ । अध्यक्षले अन्य आदेश दिएमा बाहेक समितिको प्रतिवेदन वितरण भएको चौबीस घण्टापछिको कुनै बैठकमा विधेयक अगाडि बढाउन सकिने व्यवस्था छ ।

समितिमा सत्तापक्षीय सांसदको बहुमत रहेकाले विधेयकमा राष्ट्रिपतिले उठाउनु भएका सन्दर्भ समेटिने संभावना भने कम छ । १६ गते बस्ने राष्टियसभा बैठकमा विधेयक पारित गर्ने गरी समितिले काम सक्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu