ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फास्ट ट्रयाकबाट बन्दै गरेको सडकखण्डमा राजनीतिक हस्तक्षप नहुने (भिडियोसहित)


एबीसी / संवाददाता
१४ भदौ २०७९, मंगलबार   १२ : ११   बजे

काठमाडौं, १४ भदौ । काठमाडौं उपत्यकामा नियमित फोहोर उठ्न छाड्नुको कारणमध्ये एक हो, सिसडोल ल्यान्डफिल साइट पुग्ने आठ किलोमिटर बाटो बिग्रनु । फोहोर बिसर्जनका लागि मुख्य रूपमा प्रयोग हुने यो बाटो लामो समयसम्म निर्माण नहुँदा पटकपटक विवादमा आउने गरेको हो । आठ वर्षअघि भएको ठेक्कामा सडक विभागले पटक पटक म्याद थप गर्दापनि काम नसक्दा तीनपिप्ले–बञ्चरेडाँडा सडक खण्डको बाटो निर्माणको ठेक्का पाएको शैलुङ कन्सट्रक्सनको ठेक्का रद्द भएको छ । जिल्ला अदालत ललितपुरले यसअघि भएको अन्तरिम आदेशलाई खारेज गर्दै उक्त कम्पनीसँगको सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयलाई सदर गरेको हो ।

नया ठेक्का लगाउनकालागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईको सहितको टोलीले अनुगमन समेत गरेको छ । काठमाडौँका फोहोर सिसडोल र बन्चरेडाँडासम्म पुग्ने पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुड्खुभञ्ज्याङदेखि तिनपिप्लेसम्मको सडक निर्माण हुननसक्नु नै फोहोर व्यवस्थापनको मुख्य समस्या रहेको छ । शैलुङ कन्स्ट्रक्शनले ठेक्का पाएको यस सडक निर्माण नहुँदा ८ वर्षदेखि अलपत्र बनेको थियो । सरकारले उक्त सडकको पुरानो ठेक्का तोडेको छ भने नयाँ ठेक्काका लागि केही दिनअघि मात्रै सूचना प्रकाशित गरेको छ । ठेक्का प्रक्रियाअघि सडकको अवलोकनका लागि सम्बन्धित स्थानमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अबको ४ महिनामा सडक निर्माण कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाए । मन्त्री राईले राजनीतिक आवरणमा काम सम्पन्न नगरेका ठेकेदार कम्पनीहरुलाई कालो सूचीमा राखेर अब काम शुरु गर्ने बताए ।

त्यस्तै सामान्य प्रशासनमन्त्री श्रेष्ठले विगतका सरकारले मड्खु–तीनपिप्ले क्षेत्रको सडक निर्माणमा व्यवस्थित काम गर्न नसकेको बताए । अब भने फास्टट्रयाकबाट काम अघी बढाई ४ महिनामा नै सबै काम सकिने गरेर ठेक्का प्रक्रिया आह्वान गरिएकोले काम समयमा नै सकिने प्रतिवद्धता जनाए । मन्त्री श्रेष्ठले ठेक्का लिने काम नगर्ने प्रक्रियालाई निरुत्साहीत गर्न समयमा नै काम नसके क्षतिपूर्ति दिनुपर्ने नयाँ प्रक्रियागत व्यवस्थाको थालनी गरिएको दावी गरे ।

त्यस्तै सिसडोलका स्थानीयवासीहरु भने निरीक्षणका लागि पुगेका मन्त्रीहरुसँग रुष्ट देखिए । स्थानीयहरुले सडक निर्माण नभएकै कारण विद्यार्थीहरुले पढ्न नपाएको र जागिर खानेहरुले पनि दिनको ५ सय तिरेर ट्याक्सीमा आवतजावत गर्नुपरेको दुःखेसो पोखे । काठमाडौँ उपत्यका अहिले फोहोरका कारण विकराल अवस्थामा पुगेको छ । उपत्यकाका मेयर बालेन्द्र शाहले फोहोर फाल्न प्रयास गर्दा थुप्रै अवरोधहरु सिर्जना भएपछि सडकको अवस्था नाजुक भएकामा माओवादी केन्द्र अध्यक्ष प्रचण्डको कडा शब्दमा आलोचना समेत गरे । हिलाम्य सडकको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले अध्यक्ष प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाएका थिए । ककनीको बाटो बिजोक बनाउने ठेकेदारको घरमा प्रचण्ड अंगरक्षक जसरी बसिरहेको उनको आरोप थियो ।

वालेनको फरक खालको टिप्पणीसँगै प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनी शैलुङ्ग इन्टरप्राइजेजको सडक विभागको ठेक्का रद्द भएको छ । आठ वर्षअघि भएको ठेक्कामा सडक विभागले पटक–पटक म्याद थप गर्दा पनि अधिकारीको कम्पनीले काम नगरेपछि विभागले कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा राख्न पनि सडक विभागले सिफारिस गरेको छ । फास्टट्रयाकबाट बन्दै गरेको सडकखण्डमा राजनीतिक हस्तक्षप नहुने बताइएकाले स्थानियहरुको मुहारमा केही खुसी देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group