ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोलेन्द्रको बयान तीन दिन सर्‍यो, ओलीले भने – गठबन्धनले बोल्दा बोल्दै रोक्न सक्छ (भिडियोसहित)


एबीसी / संवाददाता
१६ भदौ २०७९, बिहिबार   ९ : ५४   बजे

काठमाडौं, १६ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान तीन दिनलाई रोकिएको छ।बुधबार चारवटा र बिहीबार दुईवटा प्रश्नको जवाफ दिइसकेपछि जबराको बयान विभिन्न कारण देखाउँदै भदौ १९ सम्मलाई रोकिएको हो। प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिन दुई घण्टा मात्रै बयान दिएपछि भदौ १९ गते बिहान ११ बजेसम्मलाई रोकिएको समितिका सदस्य मीनबहादुर विश्वकर्माले बताए।

सिंहदरबारमा बुधबार करिब ५ घण्टा बयान दिएका जबराले बिहीबार सवा ११ बजेदेखि २ घण्टासम्म बयान दिने क्रममा प्रश्न नम्बर ५ र ६ को मात्रै जवाफ दिन भ्याएका थिए।सांसदहरु कांग्रेस सांसद प्रदीप गिरिको श्रद्धाञ्जली सभामा जाने भएपछि बिहीबारको बयान बीचमै रोकिएको हो।त्यसैगरी एमाले सांसदहरु कृष्णभक्त पोखरेल र विष्णुप्रसाद पौडेल गृहजिल्ला जाने भएपछि दुई घण्टामै बयान स्थगित गरिएको हो। यस्तोमा समितिले शुक्रबार प्रतिनिधिसभाको बैठक बस्नुपर्ने र शनिबार सार्वजनिक बिदा परेको भन्दै बयान रोकेको छ।समितिका सदस्य सांसद रामबहादुर विष्टले शुक्रबार संसद बस्ने भएपछि समिति बैठक राख्न नसकिने जानकारी दिए। शुक्रबार संसद बैठक छ। शनिबार सार्वजनिक बिदाको दिन भयो उनले भने, बिदाको दिन कर्मचारी, क्यामेरा मेनसहितको जनशक्ति उपलब्ध हुँदैन। त्यही भएर अब आइतवार बिहान ११ बजे मात्रै प्रश्न नम्बर ७ देखि बयान सुरु गरिनेछ।

एमालेको आशंका

https://www.facebook.com/abctelevision/videos/1053552275327719

यसैबीच बिहीबार दुई घण्टा मात्रै बयान लिएपछि समिति बैठक भदौ १९ सम्मलाई स्थगित भएकोमा प्रमुख प्रतिपक्षी नेकपा एमाले शंका व्यक्त गरेको छ।एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्न सक्ने आशंका गरेका छन्। बिहीबार गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनले राणाको बयान रोक्न सक्ने बताए।

जबराले महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएबापत लेनदेन भएको कुरा खुलाएका थिए।त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशहरू पनि मुद्दा छिनोफानोका क्रममा बिकेको बताएपछि बयान रोक्ने षड्यन्त्र भइरहेको ओलीले उल्लेख गरेका छन्। ‘गठबन्धनले बयान रोक्न सक्छ, कहिले रोक्छ टुंगो छैन, उनले भने, उनीहरूको पोल खुल्ने भएपछि त्यसो गर्न सक्छन्।’जबराले परमादेशबाट ओलीलाई सत्ताबाट हटाउँदा न्यायाधीशहरूलाई गठबन्धनका नेताहरूले आश्वासन दिएको खुलासा गरेका थिए।
चोलेन्द्रले बुधबार ४ वटा प्रश्नको जवाफ दिएका थिए। बिहीबार थप दुईवटाको दिएपछि ६ वटाको जवाफ सकिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group