ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपाधि खडेरी तोड्छौंः प्रशिक्षक थापा (भिडियोसहित)


एबीसी / संवाददाता
१७ भदौ २०७९, शुक्रबार   १ : २५   बजे

काठमाडौं, १७ भदौ । नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ । प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने दावी गरेका छन् । दक्षिण एशियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा हेरिने महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुँदैछ ।

त्यसका लागि भुटान र पाकिस्तानी टोली नेपाल आईपुगेका छन् भने केही टोली आउने तालिका नजिकिँदै छ । नेपाली टोली भने घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगितामा उपाधि उचाल्ने रणनीतिका साथ तयारीलाई तीब्रता दिइरहेको छ । प्रतियोगिता शुरु हुन अब एक हप्ता मात्र बाँकी छ । साफ प्रतियोगिताका लागि अन्तिम टोलीको नाम पनि सार्वजनिक भइसकेको छ । नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पूजा राना चोटका कारण बाहिरिन पुगेका छन् भने रेखा पौडेलले टिममा पुनरागमन गरेकी छिन् । नेपाली टोलीलाई नियमिति प्रशिक्षण गराइरहेका प्रशिक्षक कुमार थापाले उपाधिको खडेरी तोड्ने र ट्रफी नेपालमा नै राख्ने गरी तयारी गरेको बताउनु भयो । सात साताको प्रशिक्षणको क्रममा विविध बाधाहरु भएपनि टोलीलाई मजबुत बनाउने प्रयास गरेको बताउछन् ।

साफले सार्वजनिक गरिसकेको समूह अन्तर्गत साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान समूह ए मा रहेका छन् भने आयोजक नेपाल समूह बीमा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका र भुटान अटाएका छन् । यस संस्करण पाकिस्तान पनि समावेश भएको छ । अघिल्लो संस्करणमा प्रतिवन्धका कारण सहभागि हुन नपाएको पाकिस्तानी टोलीले मजबुत प्रदर्शन गर्ने धेरैले अपेक्षा राखेका छन् । टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन् । घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी राम्रो भइरहेको र उपाधि जित्नेमा विश्वस्त भएको नेपाली टोलीका महिला खेलाडीहरु बताउँछन् ।
महिला साफको १२ वर्षे इतिहासमा नेपाल पटकपटक फाइनल प्रवेश गरेपनि उपाधि जित्न सकेको छैन । महिला साफका पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बनेको छ । पाँचै पटक भारतले उपाधि जितेको छ । सन् २०१६ को महिला साफमा मात्र नेपालले फाइनल खेलेको थिएन ।

भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा छ । नेपालसँगै समूह ‘बी’ मा भुटान र श्रीलंका छन् । यस्तै समूह ‘ए’ मा साबिक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । नेपालले आफ्नो दोस्रो तथा समूहचरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । समूहचरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको पाँचांै संस्करण सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो । उक्त संस्करणमा फाइनल यात्रा तय गरेको नेपालले भारतलाई नतिजा सुम्पिँदा नेपाल उपविजेतामा खुम्चिनुपरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group