ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा सबैको विशेष ध्यान (भिडियोसहित)


एबीसी / संवाददाता
१८ भदौ २०७९, शनिबार   ११ : ४०   बजे

काठमाडौं, १८ भदौ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरुको तयारी तीव्र बनेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा प्रमुख राजनीतिक दलका मुख्य नेताहरुको चुनावी तयारी र निर्वाचन क्षेत्रको विशेष चर्चा हुने गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शमा ओलीदेखि सरकारको नेतृत्व गर्दै आएको दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाको निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलका मुख्य नेताहरुको निर्वाचन क्षेत्र र चुनावी तयारीबारे विशेष चर्चा हुने गरेको छ । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा जस्तै संघ र प्रदेशको निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रतिस्पर्धा हुदैछ ।

यसमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापाप्रति सबैको विशेष ध्यान गएको छ । एमाले अध्यक्ष ओली झापाको निर्वाचन क्षेत्र नम्बर ५ पर्दछ । आगामी निर्वाचनमा ओलीविरुद्ध यस क्षेत्रमा नेपाली कांग्रेसका विश्वदीप लिङ्देन, डा. खगेन्द्र अधिकारी, मेदनी सिटौलाको नाम चर्चामा छ । यसैगरी, नेकपा माओवादी केन्द्रबाट गगन पुरी, रञ्जित तामाङ, सुरेन्द्र बस्नेत लगायतका नामहरु छन् । पुराना नेतृत्वबाट परिवर्तन र विकास सम्भव छैन भन्दै युवा एवम् स्वतन्त्र उम्मेदवारहरु युग पाठक र कलाकार समेत रहेका कुमार कट्टेल जिग्री पनि ओलीकै क्षेत्रबाट चुनाव लड्दैछन् । एमाले अध्यक्ष ओलीले निर्वाचनको निर्वाचन क्षेत्रमा सक्रियता बढाएका छन् ।

स्थानीय निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध एमालेले राप्रपा लगायतका साना दलहरुसँग चुनावी तालमेल गरेको थियो । त्यसो त, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र पनि झापा नै हो । लिङ्देन झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट लड्दै आएका छन् । २०७४ सालको निर्वाच्नमा लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराएका थिए । यो क्षेत्रमा एमालेका दुर्गा प्रसाई चुनावी मैदानमा उत्रने तयारी रहेको जनाइएको छ । लिङ्देन र प्रसाईबीच मुटावको स्थिती सिर्जना हुने देखिएपनि मुख्यरुपमा एमाले र राप्रपाबीच तालमेल भए झापा ५ मा ओली र क्षेत्र नम्बर ३ मा लिङ्देनलाई जिताउने चुनवाी रणनीति हुनसक्छ । राप्रपा अध्यक्ष लिङ्देनको चुनाी सक्रियता बढेको छ ।

सरकारको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा होमिने दौडधूपमा छन् । यसअघि उनी दुई पटक पराजित बनेका थिए । शर्मा २०७४ को निर्वाचनमा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका हुन् । उनी यो पटक लोकतान्त्रिक–वाम गठबन्धन बनेका कारण उनै कार्कीले सघाउने आशामा छन् । यो क्षेत्रमा एमाले भने केन्द्रीय सदस्य एवम् मेची नगरपालिकाका पूर्व मेयर रविन कोइरालालाई प्रतिस्पर्धामा अघि सार्ने तयारीमा छ । कांग्रेस नेताद्वय शर्मा र सिटौलाको जिल्ला एउटै झापा रहेपनि उनी दुईबीच वैमनस्यता रहदै आएका कारण यसको असर चुनावमा पर्दै आएको छ ।

पा क्षेत्र नम्बर २ मा एमालेबाट अग्नि खरेल, कांग्रेसबाट केशरकुमार बुढाथोकी र छत्र गिरीको नाम चर्चामा छ । २०७४ मा यो क्षेत्रमा एमालेकी पवित्रा निरौला खरेल विजयी भएकी थिइन् । एमाले र राप्रपाबीच तालमेल भए खरेल बलियो दाबेदारका रुपमा देखिएका छन् । यस्तै झापा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका देउमान थेबेले आफू बलियो दाबेदारको रुपमा प्रस्तुत गरेका छन् । एमालेबाट हिरा थापा छन् । २०७४ को चुनावमा एमालेका लालप्रसाद साँवा लिम्बू देउमानलाई पराजित गर्दै विजयी बनेका थिए । स्थानीय निर्वाचनको मतपरिणाम अनुसार एमाले अध्यक्ष ओली आफ्नो क्षेत्रमा बलियो देखिन्छन् । झापामा सत्ता गठबन्धनका दलहरुले एकअर्कालाई सघाउने र एमालेले राप्रपा लगायतका दलहरुसँग चुनावी गठबन्धन गदै परिणाम आफ्नो पोल्टामा ल्याउन कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu