ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा स्वतन्त्र उमेदवारको सम्भावना कति ? (भिडियोसहित)


एबीसी / संवाददाता
२० भदौ २०७९, सोमबार   १२ : ०३   बजे

काठमाडौं, २० भदौ । स्थानीय निर्वाचन सम्पन्न भएसगै राजनीतिक मानचित्रमा विभिन्न परिदृश्य देखापर्दै आएका छन् । पुराना दलहरूमाथि आम नागरिकमा रहेको विश्वासको पारो बिस्तारै घट्दै गएको प्रस्ट देखन सकिनछ । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारले केही स्थानमा जितेपछि अहिले स्वतन्त्र उमेदवारी घोषणाको लहर नै चलेको छ ।

संघीय र प्रदेश निर्वाचनको तयारी भइरह“दा स्वतन्त्र उमेदवारहरु भने सञ्जाल बनाएरै सक्रिय हुन थालेका छन् । त्यति मात्र यो बीचमा होइन, स्वतन्त्र नाम राखेर र स्वतन्त्र समूहबाट पार्टी नै दर्तासम्मको प्रक्रिया अघि बढाइएको छ । स्थानीय निर्वाचनले स्वतन्त्र उमेदवारको लोकप्रियता निकै चुलिएको छ । देशैभरि युवाले स्वतन्त्र उम्मेदवारी दिने होडबाजी गरिरहेका छन् । काठमाडौंका विभिन्न क्षेत्र र देशका अन्य भागमा समेत स्वतस्फूर्त उम्मेदवारी आइरहेका छन् । अबका निर्वाचनले राजनीतिमा थुप्रै नया“ मानक सिर्जना गर्ने देखिन्छ । पुराना पार्टीहरूलाई भने विनाशकारी भूकम्पको झट्का लागेको स्थिति छ । दलहरूको राजनीति धर्मराएको छ । यसको परिणामस्वरूप कित दलहरू परिवर्तित हुनेछन् यात प्रतिस्थापित बन्नेछन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र समूहले स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरु संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारी गर्दै सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो । काठमाडौं क्षेत्र नम्बर ८ बाट आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीले आफूहरूलाई जिताएमा देशमा परिवर्तन आउने बताए । ठूला दलहरू निजी कम्पनी जसरी चलिरहेको बताउ“दै सायामीले दलहरू जनता र राष्ट्र केन्द्रित नभएको आरोप लगाए । उनले स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई निर्वाचन आयोगले पनि विभेद गरेको गुनासो गरे ।

पुराना नेतृत्वबाट परिवर्तन र विकास सम्भव छैन भन्दै युवा एवम् स्वतन्त्र उम्मेदवार र कलाकार समेत रहेका मधुसुदन पाठक (सीते बा) ले पनि काठमाडौं–५बाट प्रतिनिधि सभा सांसदको उम्मेदवार घोषणा गरेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधित्व गर्दै जनताका समस्या समाधानका लागि संसदमा पुग्नुपर्ने आवश्यकता रहेको बताए ।

संघीय निर्वाचनमा केही राष्ट्रिय पार्टीकै नेताले समेत आफूलाई आकांक्षीका रूपमा उम्मेदवारी घोषणा गरेका छन् भने केही युवाले त पार्टीबाट राजीनामा दिएरै स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै स्थानीय निर्वाचनमा दलको नाम लिएर पनि स्वतन्त्र हैसियतले जितेका उमेदवार गम्बु शेर्पाले भुगोल विकास स“गै राजनितिक विकास पनि जरुरी रहेकाले आफू देशको मुक्तिका लागि नया“ एजेण्डा बोकेको पार्टी रोजेको बताए । देशको संघीय राजधानीसमेत रहेको काठमाडौंमा स्वतन्त्र उम्मेदवारले ठूला दलहरुलाई नै आच्छुआच्छु पार्लान् भन्ने अनुमान कमैले गरेका थिए ।

त्यसो, त काठमाडौंले बेलाबेला यस्तो चमत्कार गरिरहन्छ । २०३८ सालमा तत्कालीन काठमाडौं नगर पञ्चायतको प्रमुखमा स्वतन्त्र उम्मेदवार नानीमैयाँ दाहाललाई जिताएर पञ्चायती व्यवस्थालाई राम्रै झड्का दिएका थिए यहा“का मतदाताले । काठमाडौंको संसद्भवन बानेश्वरबाहिरको फोहोर सफा गर्ने जिम्मा नया पुस्ताका मेयर बालेन शाहले लिएका छन । संसद् भवनभित्र ०४७ पछि करिब ३० वर्षदेखि उही अनुहार, सोच र व्यवहारसहित केही व्यक्ति पोखरीझँ जमेर बसेका छन । लामो समय भएकाले होला, अब त पोखरी गनाउन थालेको छ ।

संसद् भवनभित्रको फोहोर सफा गर्न अब नयाँ पुस्ताले पोखरीमै हाम फाल्न जरुरी छ । योग्यता, क्षमता र स्पष्ट भिजनसहितको ‘चेन्ज मेकर’हरूले यसपालि निर्वाचनमा जित्ने रणनीतिसहित उठेर राजनीतिक हस्तक्षेप गर्न जरुरी छ । मेरो देशको संसद्ले केही अनुहारबाट मुक्ति खोजेको छ । त्यो यही मंसिरमा हुने निर्वाचनमा हुन जरुरी छ । काठमाडौंमा बालेन र धरानमा हर्कको जित अपवाद हुन् वा आउ“दै गरेको आँधीको संकेत, समयले बताउने नै छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group