ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


एबीसी / संवाददाता
२२ भदौ २०७९, बुधबार   ५ : २२   बजे

काठमाडौं, २२ भदौ । हास्यकालकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पुर्‍याउने गरी प्रस्तुती दिएको आरोपमा पक्राउ परेका सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो ।

१२ भदौमा पक्राउमा परेका उनलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको हो । तर, उनीमाथि गरिएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी प्रहरीले गरिसकेको छ ।

नेवा समुदायको आस्थामाथि चोट पु¥याउने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध प्रहरीमा उजुरी परेको छ । सोहीआधारमा उनलाई पक्राउ गरेको हो ।

यसैबीच, एमालेले उनलाई यथाशीघ्र रिहा गर्न माग गरेको छ ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले कला प्रस्तुत गर्ने क्रममा १० दिनदेखि प्रहरी हिरासतमा रहेका कलाकार सिंहलाई रिहा गर्न माग गरेका हुन् ।

व्यंग्यात्मक कमेडीले कसै न कसैलाई असर गर्ने भए पनि कलाकारलाई पक्राउ गर्न नहुने भन्दै उनले सिंहलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

‘अपूर्व क्षितिजले कला प्रस्तुत गर्ने क्रममा, अलिकति हाँस्य प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का पर्‍यो होला । कसै न कसैलाई मर्का पार्ने नै प्रस्तुती हुन्छ हास्यकलाकारमा,’ उनले भने, ‘हामीले देखेका छौं, शीर्षनेताहरु प्रज्ञा भवन र सभागृहमा बसेर हाँस्य कलाकारहरुको आफूमाथिको कडा व्यंग्यहरु स्वीकार गरेका छन् । अनि यसबापत नै अपूर्व क्षितिज सिंहजस्तो कलाकारलाई १०औँ दिनदेखि थुनामा राख्ने काम सरकारले गरिरहेको छ । म उहाँलाई शीघ्र रिहाइको माग गर्छु । आफ्नो प्रस्तुती हटाइसकेको र माफीसमेत मागेका छन् । यसअवस्थामा उहाँमाथि कुनै पनि अत्याचार नहोस् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu