ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धनमा ८८ सिटमा कुरो मिल्यो, अधुरो प्रतिवेदन बुझाउँदै कार्यदल


एबीसी / संवाददाता
२३ भदौ २०७९, बिहिबार   १० : ४०   बजे

काठमाडौँ । सत्ता गठबन्धनबीच ८८ सिट बाँडफाँटमा कुरो मिलेको छ । संसदीय निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलले बुधबार साँझसम्म ८८ सिटमा समmदारी गरेका छन् ।

गत साउन २२ गते गठन भएको कार्यदलले सिट बाँडफाँटका लागि प्रतिशतका आधारमा तय गर्ने भनिएपनि त्यसमा सहमति हुन सकेन । त्यसैले पनि एक–एक सिटमा सहमति गर्दै ८८ सिटमा समझदारी गरिसकेको नेताहरुको दावी छ ।

प्रतिनिधिसभाका कुल १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १ सय, माओवादीले ६०, जसपाले ३२ र समाजवादीले २० सिटमा दाबी गरेका छन् । तर, कांग्रेसले दाबी गरेकामध्ये ६० सिटमा अरू कसैको दाबी नपरेकाले ती सिटमा कांग्रेसले उम्मेदवारी पाउने पक्का भएको छ । त्यस्तै माओवादीले दाबी गरेका मध्ये १२ सिटमा गठबन्धनका अन्य दलको दाबी छैन ।

एकीकृत समाजवादीका पनि अध्यक्ष माधवकुमार नेपालले चुनाव लड्ने रौतहट–१, झलनाथ खनालको इलाम–१ र सचिव रामकुमारी झाँक्रीको गुल्मी–२ सहित ८ सिटमा अरूको दाबी छैन । जनता समाजवादी पार्टीका पनि ८ निर्वाचन क्षेत्रमा एकल दाबी छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले ५० प्रतिशत अर्थात् ८२ सिट र गठबन्धनका अन्य दलले ८३ सिट पाउनुपर्ने अडान राखिरहेका छन् । कार्यदलका संयोजक सिटौलाले यसअघि नै कांग्रेसले ८८ सिटको दाबी अघि सारेका थिए । त्यसैलाई आधार मानेर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समेत ८६ जोड २ को प्रस्ताव गरेका थिए । कांग्रेसले ८६ लिने र दुई सिट लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोका लागि छुट्याउने उनको प्रस्ताव थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group