ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले बीपीलाई धेरै पहिले त्यागिसक्यो – बीपी पुत्र प्रकाश कोइराला


एबीसी / संवाददाता
२४ भदौ २०७९, शुक्रबार   १२ : २९   बजे

काठमाडौं, २४ भदौ ।

प्रथम जननिवार्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको १०९ औं जन्म जयन्तीमा उनले नेपाली राजनीतिक तथा साहित्यिक क्षेत्रमा पु¥याएका योगदानको सम्मान एवम् स्मरण गर्ने गरिन्छ । देशमा प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका खेलेका बीपी राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सिद्धान्तका प्रतिपादक थिए । उनले नेपाली राजनीतिमा देखाएको वैचारिक मार्ग र योगदानको सदैव स्मरण हुने गरेको छ । यसै सन्दर्भमा बीपी सुपुत्र प्रकाश कोइराला र नेपाली कांग्रेसका नेता सत्यनारायणशर्मा खनालसँग एबीसीकर्मी धु्रव अधिकारीले गरेको संवादमा आधारित आलेखः

लामो समयदेखि सक्रिय राजनीतिबाट टाढा रहेका बीपी पुत्र प्रकाश कोइराला भन्छन्, “बीपी अहिले इतिहास बन्नुभएको छ । उहाँ इतिहासको पाना हो । उहाँको पोलिटिकल रिलेभेन्ट मोनार्किसँग गाँसिएको छ । प्रजातन्त्र र राजसंस्था दुवै हुनुपर्छ भन्ने थियो ।”

उनले राजसंस्था र प्रजातान्त्रिक परिपार्टी बीपीको मान्यता रहेको उल्लेख गरे । राजनीतिसँगै साहित्यमा बीपीको महत्वपूर्ण योगदान रहेको भन्दै बीपीको त्यो बेलाको प्रकृति बुझ्नुपर्नेमा जोड दिए ।

“अहिलेको कन्टेक्स्ट्मा नेपाली कांग्रेसले बीपीलाई धेरै पहिले परित्याग गरिसके । इतिहासमा बीपीलाई सम्झनुपर्दा, उनी मुुलुकप्रति समर्पित, नेपालमा नैतिकताको राजनीति गर्ने व्यक्तित्व थिए”, उनले जोडे ।

यस्तै कांग्रेस नेता सत्यनारायण शर्मा खनालले बीपीको विचार सान्दर्भिक रहेको भन्दै बीपीले भन्ने गरेजस्तै जोत्नेको जमिन र पोत्नको घर अझै हुन नसकेको बताए । मधेशमा मधेशी, पहाडमा पहाडी मात्रै हुनुपर्ने अहिलेको राजनीतिमा बीपीलाई एउटा मुर्धन्य व्यक्तित्वका रुपमा लिनुपर्ने उनको भनाइ छ ।

उनले भने, “राष्ट्रवादी, समाजवादी हुनुहुन्थ्यो । उहाँको नेतृत्वले जहाँनियाँ शासन खत्तम भयो । हरेक कुराको नयाँ थालनी उहाँले गर्नुभयो । बीपी कोइराला सम्झने मात्रै होइन, अनुकरण गर्न अत्यन्त आवश्यक छ ।”

कांग्रेसले बीपीलाई नबिर्सेको तर अहिलेको परिस्थितीमा लोकतन्त्र रक्षाका लागि अरु पार्टीसँग मिल्नुपर्ने अवस्था आएको उनले बताए । २०१५ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी नेतृत्वको १५ महिना सरकारको निकै चर्चा हुने गर्दछ ।

“दरबारको उज्यालोलाई झुपडीमा ल्याउन चाहन्छौं । असंलग्न परराष्ट्र नीति आज पनि आवश्यकता छ”, उनले भने ।यसका लागि राजनीतिमा युवा वर्ग आउनुपर्ने, उनीहरुले यसका पक्षमा काम गर्न सक्ने खनाल बताउँछन् । तर, राजनीतिमा नयाँ आउनेले बीपीको विचारलाई आत्मसात् गर्नसक्नुपर्ने भनाइ उनको छ ।

“हरेक कुरामा पैसा चाहिने, खर्च नगरेर, जनताको मन जितेर, जनताको भलाइ गरेर, अरुको सम्मान गरेर आउनसक्नुपर्छ”, उनले भने ।

सत्ता गठबन्धनमा सिट बाँडफाँट सम्बन्धमा स्थायीत्व ल्याउन गठबन्धन गर्नुपरेको र आ–आफ्नो सिद्धान्तका आधारमा चुनावमा लडेर पछि सरकार निर्माणका बेला गठबन्धन गर्न पनि सकिने उनको सुझाव छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group