ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी गठबन्धनको प्रयास


एबीसी / संवाददाता
२४ भदौ २०७९, शुक्रबार   ४ : ३२   बजे

काठमाडौं, २४ भदौ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी गठबन्धनको प्रयास गरेको छ । एमाले अध्यक्ष केपी ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटेर चुनावी गठबन्धनको प्रस्ताव राखेका हुन् । ठाकुरले पार्टी नेताहरुलाई ओलीसँग सकारात्मक कुरा भएको बताए ।

ओलीसँगको सहकार्य आफूहरुका लागि परिस्थितिको बाध्यता भएको उनको भनाइ थियो ।तर, ठाकुरले ओलीसँग नागरिकता विधेयकप्रतिको अनुदार एमाले नीतिका कारण मधेसमा मिलेर जान अप्ठ्यारो हुन सक्ने भने बताए । एमालेले जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी संसदले पारित गरेको विधेयकको विरोध गर्दै आएको छ । विधेयक दोश्रोपटक प्रमाणीकरणका लागि शीतलनिवास पुगेको छ । दोश्रोपटक प्रमाणीकरणमा गएको विधेयक पनि रोक्न एमालेले राष्ट्रपति प्रयोग गर्न सक्ने आशंका राजनीतिक वृत्तमा छ ।

राष्ट्रपतिले विधेयक रोक्न सक्ने आशंकाबीच माओवादी अध्यक्ष प्रचण्डले बिहीबार उनको राजीनामा मागेका थिए । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभामा जम्मा चार सिट माग्दा पनि नपाएपछि ठाकुर अन्ततः ओलीको शरणमा पुगेका हुन ।

ठाकुरले गठबन्धनमा सामेल गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पटकपटक आग्रह गरेका थिए । देउवा लोसपालाई गठबन्धमा सामेल गराउन सकारात्मक भए पनि गठबन्धनका बाँकी नेताहरु प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले प्रतिगामीको मतियार भन्दै लोसपासँग सहकार्य गर्न नसकिने बताएपछि देउवा पछि हटेका थिए । लोसपा केपी ओलीले गरेको संसद विघटनको समर्थन गर्दै सरकारमा समेत सामेल भएको थियो । त्यतिबेला लोसपाmलाई फकाउन ओलीले नागरिकता विधेयकका प्रावधान समेटेर ओलीले अध्यादेश ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu