ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द ब्रिटिस कलेजको ‘दीक्षान्त समारोह २०२२’ सम्पन्न


एबीसी / संवाददाता
२४ भदौ २०७९, शुक्रबार   ७ : ३९   बजे

काठमाडौं, २४ भदौ ।   द ब्रिटिस कलेजको ‘दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । यस वर्ष ४१५ जना विद्यार्थी दीक्षित भएका छन् । द हायत रिजेन्सी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । यस वर्ष धेरैजना विद्यार्थीहरु भएका कारण दीक्षान्त समारोह दुई चरणमा आयोजना गरिएको थियो ।

पहिलो चरण बिहान विजनेशका विद्यार्थीहरु दीक्षित भए भने आइटीका विद्यार्थीहरुले दिउँसो दीक्षित भएका थिए । कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । ब्रिटिस काउन्सिलकी बिजनेश म्यानेजर क्रिस्टिना कंसकार, इन्टरनेशनल पार्टनरसिप्सका प्रमुख प्याट्रिसिया भोयडोन, नेपालका लागि युडब्लुइ कन्ट्री म्यानेजर सुजन घिमिरे, एकेडेमिक्सका भाइस चान्सलर फिल कार्डियु, दक्षिण एसियाका लागि एलबियु रिजनल प्रमुख जयश्री रघुरामको उपस्थिति रहेको थियो । त्यस्तै अन्य अतिथिमा पउल क्लिभेस, डा अर्जुन कुमार कार्की, माइकल रुटल्याण्ड, डा एच सी, चिरन थापा, दुई आद्यौँगिक सल्लाहकार बोर्ड सदस्यहरु टिम गोचर र सिद्यान्त राज पाण्डेको उपस्थिति रहेको थियो । द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कडेँलले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस्तै द ब्रिटिस कलेजका सिइओ राजन कडँेलले स्वागत मन्तव्य दिएका थिए । उनले दीक्षित भएका विद्यार्थीहरुलाई बधाई दिनुका साथ भविष्यमा थप सफलताको कामना गरे । उनले भने,‘कोरोना संक्रमणको कालमा पनि ब्रिटिस कलेजले पठनपाठनलाई चुस्तदुरुस्त राख्न सफल भयो । आज विद्यार्थीहरुले ब्रिटिस एक्रिडियस काउन्सिलबाट मान्यता प्राप्त यस कलेजबाट डिग्री लिइरहेका छन् । विद्यार्थीहरुको थप सफलताको कामना म गर्छु ।’

द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले भने, ‘विद्यार्थीहरुलाई आज यो दीक्षान्त समारोहमा देख्न पाउँदा कलेजले अध्ययन अध्यापनमा गरेको मेहनतलाई सम्झन चाहन्छु । यो सफलताले पनि देखाउँछ कि कलेजले प्रदान गर्ने शैक्षिक गुणस्तर कत्तिको उत्कृष्ट छ ।’ ठुलो परिश्रमले यो सफलता मिलेको भन्दै उनले सबै कर्मचारी, फ्याकल्टी र विद्यार्थीहरुलाई बधाई र शुभकामना दिए । कार्यक्रममा विशिष्ट अतिथिहरुले विद्यार्थीहरुलाई प्रेरणाको सन्देश दिदैँ सफलताको कामना गरेका थिए ।

त्यस्तै बेलायती विश्वविद्यालयबाट आएका प्रतिनिधिहरुले दीक्षित विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । बिबिए विद्यार्थी तथा जोन्टा छात्रवृत्ति जितेकी रुवी शाहले पनि आफ्नो भनाई राखेकी थिइन् । स्टुडेण्ट एक्सीलेन्स अवार्ड आइटीबाट रक्षा लामा मोक्तान र बिबिएबाट आयुष श्रेष्ठले प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group