काठमाडौं, २्८ भदौ । होटल याक एण्ड यतिले आयोजना गरेको दोश्रो टेनिस टुर्नामेन्टको दिग्गज एकल अन्तरगतको खेलमा विकास राणा विजयी भएका छन् । दिपक श्रेष्ठ हराउ“दै राणा विजयी भएका हुन । सेमिफाइनमा दिपक श्रेष्ठ र कमल घलेबीच प्रतिस्पर्धा भएको थियो भने विकास राणा र ज्ञानेन्द्रमान ताम्राकारबीच प्रतिस्पर्धा भएको थियो । दिपक श्रेष्ठ र विकास राणाबीच भएको फाइनलमा राणा विजेता बने ।
सेप्टेम्बर ४ तारिखदेखि सुरु भएको दोश्रो टेनिस टुर्नामेन्टको समापनसंगै विजेताहरुलाई पदक तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
एकल म्याच ३५, ४५ र ५५ माथिको सेटमा खेलाइएको थियो भने ६५ भन्दा माथिको एकल र डबल ३ छोटो सेटमा खेलाइएको हो । ३५, ४५ र ५५ माथिको सेटमा सबै दोहोरो खेलहरू सुपर ट्राइब्रेसरमा खेलाइएको खेल आयोजक कमिटिले जानकारी दियो ।
प्रतिक्रिया दिनुहोस्