ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशमा हुने संघीय र प्रादेशिक निर्वाचन सबैको आकर्षणको केन्द्र , कुन पाटीको अवस्था के (भिडियोसहित)


एबीसी / संवाददाता
२८ भदौ २०७९, मंगलबार   १ : ५७   बजे

काठमाडौं, २८ भदौ । बागमती प्रदेशमा हुने संघीय र प्रादेशिक निर्वाचन सबैको आकर्षणको केन्द्र बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका अधिकांश शीर्ष एवम् प्रभावशाली नेताहरु बागमती प्रदेशबाट प्रतिनिधित्व गर्छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलदेखि नयाँ पार्टी राप्रपा नोल गठन गरेका कमल थापा यही प्रदशमार्फत आगामी निर्वाचनमा लड्दैछन् ।

बागमती प्रदेश अन्तर्गत सिन्धुलीका हालका सांसद हरिबोल गजुरेल नेकपा माओवादी केन्द्रबाट समानुपातिकमा सिफारिस भए । माओवादीले सिन्धुलीको प्रत्यक्षतर्फ राजन दाहालको नाम सिफारिस गरिएको छ । दोलखाबाट नेपाली कांग्रेसले जिल्ला सभापति बर्मा लामासहित हालका सांसद जीपछिरिङ लामा, कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी, उद्वव काफ्ले गरी जम्मा ११ जना नेताहरुको नाम सिफारिस छन् । दोलखाको प्रत्यक्षतर्फ एमालेले हालका सांसद पार्वत गुरुङसहित, आनन्द पोखरेल, सरस्वती बस्नेत, रचना खड्का, ईश्वर पोखरेल, शान्ती पाख्रिन, श्याम बस्नेत र भरत दुलाल गरी ८ जनाको नाम सिफारिस छ । २०७४ को संघीय निर्वाचनमा एमाले सांसद गुरुङले देशैभरमा सबैभन्दा बढी अर्थात् ३० हजार मतान्तरले विजयी बनेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नं. ३ बाट सर्वसम्मत सिफारिस भएका छन् । अध्यक्ष प्रचण्डको नाम गोरखा १ बाट पनि सिफारिस भएपनि उनले चितवनबाटै चुनाव लड्ने बताउदै आएका थिए । चितवन १ मा एमालेले पूर्व अर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेको नाम सिफारिस गरेको छ । कांग्रेसका सांसद एवम् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको निर्वाचन क्षेत्र पनि चितवन हो । एमालेको भक्तपुर २ बाट महेश बस्नेत चुनावी मैदानमा छन् । भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र नेकपा एकीकृत समाजवादीका डा. राजेन्द्र कोजूबीच प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री काठमाडौं ४ बाट सिफारिस भएका छन् ।

कांग्रेसको काठमाडौं १ बाट प्रकशमान सिंह, काठमाडौं २ मा लोकेश ढकाल, दीपक कुइँकेल र प्रतिमा गौतम, काठमाडौं ३ बाट अम्बिका बस्नेत, सन्तोष चालिसे, काठमाडौं ५ बाट प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महत चुनावमा लड्दैछन् । यसैगरी, काठमाडौं ६ बाट भीमसेनदास प्रधान, काठमाडौं ८ मा राजुराज जोशी, काठमाडौं ९ मा ध्यानगोविन्द रञ्जित, तीर्थराम डंगोल र काठमाडौं १० मा राजन केसीको नाम सिफारिस छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं १ मा विदुर मैनाली, रुपनारायण श्रेष्ठ , टीकाराम भट्टराई, काठमाडौं २ मा मणिराम फुयाँल, काठमाडौं ३ मा कृष्ण राई, काठमाडौं ४ मा डा. राजन भट्टराई, काठमाडौं ५ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काठमाडौं ६ मा योगेन्द्र संग्रौला, लेखनाथ फुँयालसहित ५ जना, काठमाडौं ७ मा रघुजी पन्त, विद्यासुन्दर शाक्य, बीपी ढकालसहित ५ जना, काठमाडौं ८ मा राजेश शाक्य, काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ती शाक्य र काठमाडौं १० मा विनोद श्रेष्ठ, सुरेन्द्र महर्जन लगायत ६ जनाको नाम सिफारिस छन् । एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट चुनाव लड्दैछन् । सांसद नवराज सिलवाल ललितपुर क्षेत्र नंं. १ बाट सर्वसम्मत सिफारिस छन् ।

एमालेको सिन्धुपाल्चोक २ मा प्रत्यक्षतर्फ पूर्वमन्त्री शेरबहादुर तामाङ, हस्त पण्डित र माधव पाण्डेको नाम सिफारिस भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटको क्षेत्र नम्बर १ बाट चुनाव लड्दैछन् । २०७४ मा उनी काठमाडौंबाट चुनवा लडेका थिए । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री पम्फा भुषाल यसअघि ललितपुर ३ बाट चुनाव जितेका थिए । भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ पनि बागमती प्रदेशबाटै प्रतिनिधित्व गर्छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा लामो समयसम्म अध्यक्ष रहेका कमल थापा नयाँ एजेण्डासहित राप्रपा नेपाल पार्टी गठन गरेका छन् र उनी यो पटक मकवानपुर क्षेत्र नं. १ बाट एकल उम्मेदवार छन् । २०७४ को चुनावमा एमाले र माओवादीबीच वाम गठबन्धन भएको थियो । तर, एमाले विभाजनको असर यो पटक बागमती प्रदेशमा पर्ने अनुमान गरिएको छ । त्यसो त, यो पटक राप्रपा, जसपा लगायतका दलहरुपनि विभाजनपछि संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । देशको संघीय राजधानी काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा हुन गइरहेको संघीय निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu