काठमाडौं, ७ माघ । सरकारले वीरगंजमा भारतले ५० विगाहा जमिन मिचेको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट पारेको छ ।
नापी विभागले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वीरगंजमा भारतले जमिने मिचेको भन्ने समाचार सत्य नभएको प्रष्टयाएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागमा महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल सरकार नेपालको सिमाको सुरक्षा तथा संरक्षणका लागि सदैव प्रतिवद्ध रहेको दावी समेत गर्नुभयो ।
वीरगंज सिर्सिया क्षेत्रमा नदि सिमानाले स्थिर सिमा सिद्धान्त अपनाइएका कारण नेपालको भूमि भारतमा पर्न गएको र भारतको भूमि पनि नेपालमा पर्न आएको विषयलाई सिमा मिचिएको भन्न नमिल्ने विभागको तर्क छ । विभागले भारतले सिमा मिचेको समाचार आएपछि शुक्रबार र्नै सो क्षेत्रको स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा स्थिर सिमा भित्र रहेका दुवै देशको जग्गाको तथ्यांक संकलन गरी कुटनीतिक पहलको माध्यामबाट जग्गाको क्षतिपूर्ति लगायतको व्यवस्था गर्ने सरकारको तयारी छ । महानिर्देशक भट्टले स्थित सिमाका कारण एक अर्को तर्फ पर्न गएका जग्गाहरुको उचित व्यवस्थापनका लागि तथ्यांक संकलनका काम सुरु गरिएको पनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्