ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सत्ता गठबन्धनमा ८० प्रतिशत सिट टुंगिसक्यो’


एबीसी / संवाददाता
२९ भदौ २०७९, बुधबार   २ : २७   बजे

काठमाडौं, २९ भदौ ।

पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन निरन्तर छलफल हुँदै आएको छ । तरपनि, सिट बाँडफाँट सम्बन्धमा सहमति जुट्न सकेको छैन । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूची असोज २ गतेसम्म बुझाउनुपर्ने समयसमा तोकेको छ । जस कारण, पनि दलहरु प्रत्यक्षतर्फको सिट टुंग्याउनु अघि समानुपातिकको सूची तयार गर्न यतिबेला आन्तरिक गृहकार्यमा जुटेका छन् । यसै सन्दर्भमा जनता समाजवादी पार्टीका नेता मनिष सुमन र प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतसँग एबीसीकर्मी ध्रुव अधिकारीले गरेको संवादमा आधारितः

पाँच दलीय सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित नेता मनिष सुमन पनि सहभागी हुदै आएका छन् । बैठकमा भएको छलफलबारे बोल्दै सुमनले गठबन्धनमा करिब–करिब ८० प्रतिशत सिट संख्या टुंगिएको बताए ।

उनले भने, “निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा लगातार बैठक बस्दै आएको छ । सबै टुंग्याऔं भन्ने उद्देश्यका साथ बसेका छौं । तर, बैठकमा सबै थोक सोच्नपर्ने रहेछ । छलफल करिब, करिब टुंगिएको छ । ८० प्रतिशत सिट टुंगिसकेका छन्, निर्णय गर्न मात्र बाँकी छ ।”

बैठकमा द्वीपक्षीय, त्रिपक्षीय छलफल पनि भएको भन्दै उनले पाँच वटै दलहरुमा अत्याधिक सिटबारे छलफल भएको बताए । निर्णयमा पुगेको छ, आजदेखि तीन दिन मात्रै बाँकी छ, समानुपातिक सूची सबै पार्टीले बुझाउनुपर्नेछ । पार्टीको सूची तयार गर्नुपर्ने भएकाले समानुपातिकको असोज २, ३ गतेसम्म । असोज ४ गते पश्चात् बस्ने पहिलो वा दोस्रो बठकमा सहमति जुट्न सक्ने उनको भनाइ छ ।

उनले भने, “प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रको तालमेल र सूची पाउनुहुनेछ, त्यसपछि ३३० वटा सिट हामी टुंग्याउनेछौं ।”

जसपाले मुख्यगरी, मधेश प्रदेश केन्द्रीत हुने गरेपनि प्रदेश १, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ल्याकत अनुसार निर्वाचित हुने सिट ल्याएकले त्यसमा दाबी गर्दै आएको छ । उनले गठबन्धनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने गरी छलफल हुने गरेको बताए ।

‘गठबन्धनकै निर्णय मात्र कुर्दैनौं’

यसैगरी, जसपा प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेत भने गठबन्धनमा सबै दलको आ–आफ्नै दाबी रहेको बताउँछन् । गठबन्धनले थप केही पनि निर्णय गरिनसकेको बताउँदै उनले सिट संख्याको सन्दर्भमा जसपाले मधेशमा पहिला जितेको ठाउँ स्वभाविक रुपमा दाबी रहने बताए ।

बस्नेतले भने, “प्रदेश १ मा धनकुटा, सुनसरी, खोटाङ, मोरङ । लुम्बिनी प्रदेशको कपिलवस्तु, नवलपरासी, रुपन्देहीमा उम्मेदवारहरुले दाबी गरिरहनुभा छ । काठमाडौंमा शीर्ष नेता एवम् संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ, उहाँ आफै पनि उम्मेदवारका लागि तयार हुनुभएको छ ।”
जसपाले उम्मेदवार सिफारिस गरिरहको भन्दै उनले पार्टीको संसदीय बोर्डको बैठकले लगभग उम्मेदवार तय गर्ने र केन्द्रीय कार्यकारिणी समिति बैठकले त्यस उपर अन्तिम निर्णय गर्ने उनको भनाइ छ ।

“गठबन्धनले के निर्णय गर्छ, त्यो तिर लाग्दैनौं । पार्टीले निर्णय गर्छ, साथीहरु निर्वाचनमा होमिनुभाछ ।”

उनले आगामी निर्वाचन सन्दर्भमा घोषणापत्र तयार गर्ने काम पनि छिट्टै टुंगोमा पुग्ने बताए । मधेशको सवाल मुख्य रहेपनि राष्ट्रव्यापीरुपमा भएको शोषण, विभेदविरुद्ध संघीयता, सुशासन, समृद्धि र समाजवादको मुख्य उद्देश्यहरु घोषणापत्रमा समावेश गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group