ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेंगु संक्रमणबाट देशभर हालसम्म ११ जनाले ज्यान गुमाए


एबीसी / संवाददाता
३० भदौ २०७९, बिहिबार   ८ : ११   बजे

काठमाडौं, ३० भदौ । डेंगु संक्रमणबाट देशभर हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो २० दिनयता ११ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका छन् । निसर्ग अस्पताल कैलालीमा ३५ वर्षीया महिला, कान्तिमा तीन वर्षीया बालिका, मेडिसिटी अस्पताल ललितपुरमा ३८ वर्षीय पुरुष, चितवन मेडिकल कलेजमा ३३ वर्षीय पुरुष, भेरी अस्पतालमा १२ वर्षीया बालिका, नेपालगन्ज मेडिकल अस्पतालमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ ।
त्यस्तै, सुमेरु अस्पताल ललितपुरमा ६६ वर्षीय पुरुष, ग्रान्डी अस्पतालमा ५६ वर्षीय पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २७ वर्षीया महिला र ३५ वर्षीय पुरुष र नर्भिक अस्पतालमा ३७ वर्षीया महिला गरी ११ जनाको मृत्यु भएको छ । डेंगुबाट ११ जनाको ज्यान गइसकेको छ भने ११ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार उच्च जोखिममा रहेका १० जिल्लामा मात्र ९ हजार २ सय २६ वटा केस देखिएको छ ।

उच्च जोखिममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रूपन्देही, दाङ, धादिङ, तेह्रथुम, काभ्रेपलाञ्चोक र चितवन रहेका छन् । ती जिल्लामा जनवरीयता ६ महिनासम्म ५१ जनामा डेंगु देखिएको थियो । पछिल्लो अढाई महिनामा भने संक्रमणको केस ह्वात्तै बढेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले डेंगु सार्ने लामखुट्टेको फुल र लार्भा नष्ट गर्ने अभियानबारे धेरै पहिले नै संघीय मन्त्रालयमा परिपत्र गइसकेको बताउनुभयो । उक्त पत्रमा वडाध्यक्षको संयोजकत्वमा समिति बनाएर वडा स्तरबाट हरेक घरभित्र र बाहिर सर्च एन्ड डिस्ट्रोय अभियान सुरु गर्नेबारे जानकारी गराइएको छ । स्वास्थ्य मन्त्रालयकै एक अधिकारीले उपत्यका र बाहिरका पालिकाले नाम मात्रको अभियान चलाएको बताउनुभयो । ‘अन्य ठाउँको के कुरा गर्नु, काठमाडौं महानगरले समेत हालसम्म अभियानको रूपमा डेगु संक्रमणको चक्र तोड्ने काम गर्न सकेको छैन,’ उहाँले भन्नुभयो ।

काठमाडौंमा मात्रै २ हजार ५ सयभन्दा केस फेला परिसकेको छ । डेंगु नियन्त्रणमा महानगरपालिका चुकेको छ । हरेकजसो घरमा उच्च ज्वरो, दुखाइले थलिएर बसेका छन् ‘डेंगु नियन्त्रण अभियानमा महानगर तीव्र गतिमा लाग्नुपर्ने हो तर त्यो देखिएको छैन । ईडीसीडीको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु नियन्त्रण गर्ने प्राथमिक हतियार नै सर्च एन्ड डिस्ट्रोय हो । ‘स्थिति विश्लेषण गरेर फगिङलगायतका प्रक्रियामा समेत जान सकिन्छ ।

धेरै प्रकोपको अवस्थामा इन्डोर फगिङ गर्न सकिन्छ,’उहाँले भन्नुभयो । ईडीसीडीले सुरुमै पालिकाका पदाधिकारीलाई डेंगुबारे अभिमुखीकरण दिएको र यसका लागि टोली खटिएको निर्देशक डा. चुमनलाल दासले बताउनुभयो । ‘हामीले प्राविधिक सल्लाह र सहयोग मात्र दिने हो । यसका लागि बजेटसमेत दिइसकेका छौं,’ उहाँले भन्नुभयो। उहाँका अनुसार डेंगु सार्ने लामखुट्टे घरभित्रबाहिर घुमिरहे पनि लार्भा र फुल पानीमा रहन्छ । यस पटक नष्ट हुनबाट जोगिएका फुल पुन अर्को वर्ष पानीको सम्पर्कमा आउनासाथ लामखुट्टे बन्ने सम्भावना रहन्छ । लामखुट्टेको फुल ८–९ महिनाभन्दा बढी समय बाँच्न सक्छ । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu