ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकालिकाको सवाङ्गीण विकास बिना देश विकासको परिकल्पना गर्नु निर्रर्थक (भिडियोसहित)


एबीसी / संवाददाता
३० भदौ २०७९, बिहिबार   १२ : २१   बजे

काठमाडौं, ३० भदौ । बाल दिवस नेपालमा वि.सं. २०२२ सालको भाद ४्र गतेदेखि मनाउदै आएको छ । बालबालिकालाइ भविष्यको कर्ण धारको रुपमा लिदै आएको छ । यस पटक बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार नाराका साथ देश भर बाल दिवस मनाइएका हो ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ । आज ५८ औं राष्ट्रिय बाल दिवस नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

यसवर्षको नारामा बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार नाराका साथ मनाइएको हो । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको हो । २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । बाल बालिकाको अधिकार भन्नाले गास, बास, कपासमात्र नभै पढ्न खेल्न र आमाबाबुको माया पाउने अधिकार समेत हो ।

बालबालिकाको हितको लागि भन्दै वर्षको एकपटक भए पनि वाल दिवस मनाइदै आइएको छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ । बाल बालिबका भनेको भोलिका कर्ण धार हुन अहिले हामिले जस्तो शिक्षा दिन्छौ भोलिका दिनमा उनिहरुबाट हामिले त्यसतै फल पाउने गदछौ ।

बालबालिकाले शिक्षा स्वास्थ्य पौष्टिक आहारा अनुकूल वातावरण आदि उनिहरुको नैसर्गिक अधिकार पर्दछ । भनिन्छ बालबालिकाहरु भविष्यका कर्णर हुन उनीहरुको सवाङ्गीण विकास बिना देश विकासको परिकल्पना गर्नु निर्रर्थक हुन्छ । यसो भनि रहर्र्दा अझै पनि अधिकांश बाल बालिकाहरु इट्टाभट्टा, होटल तथा सार्वजनिक यातायताका साधनमा बालवालिका श्रम शोषणमा परिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवसका अवशरमा शुभकामना सन्देश दिएकि छन् ।

आजै राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बालबालिकाहरुको साहित्य र कला प्रस्फुट्न गराउनका लागि छुट्टै प्रतिष्ठान बनाउने चाहना व्यक्त गरिन । त्यस अवसरमा राष्ट्रपति भण्डारीले बालबालिकाहरुलाई व्यापक अर्थमा बुझि सोही अनुसारको कार्यक्रम तय गर्न नेपाल बाल संगठनलाई पनि आग्रह गरिन । त्यस क्रममा बालबालिकाहरुले कला र साहित्यका विभिन्न विधा प्रस्तुत गरेका थिए ।आजका बालबालिका भोलिका कर्णधार हुन । श्रृष्टिका कोपिलाहरु हुन बालबालिका, अनि यि कोपिलाहरुलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानवपुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ । तसर्थ बालबालिकाहरुलाई ज्ञान, सिप, धारणाको सकारात्मक र आशवादी विचारहरुको विचारोपण गर्न जरुरी छ । आजका बालबालिका हाम्रो देशको भविष्य हुन । उनीहरु आज जुन वातावरणमा हुर्केका छन्, जस्तो शिक्षादीक्षा, स्वास्थ्य सुविधा पाएका छन् त्यसले हाम्रो देशको भविष्य निर्धारण गर्छ । त्यसैले देशको सुन्दर भविष्यको लागि बालबालिकालाई माया गरौ । श्रम शोषणको अन्त्य गरौ । बालबालिकालाई अधिकार दिऊ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu