ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतलाई हराउँदै नेपाल फाइनलमा


एबीसी / संवाददाता
३१ भदौ २०७९, शुक्रबार   ८ : ०६   बजे

काठमाडौँ — साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो ।

उपाधिको भीडन्त सोमबार हुनेछ । यस क्रममा प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ । प्रतियोगिताकै इतिहासमा भारत फाइनल नपुगेको यो पहिलो पल्ट हो । नेपालले भने पाँचौँपल्ट फाइनल खेल्नेछ।

भारतको यो लगातार दोस्रो हार हो । यस अगाडि भारत लिग चरणमा बांग्लादेशसँग पनि पराजित भएको धियो । भारत यस अगाडिका सबै संस्करणको विजेता हो ।

साफ च्याम्पियनसिपको इतिहासमा भारतमाथि नेपालको यो पहिलो जित हो । समग्रमा नेपालले भारतलाई हराएको दोस्रो पल्ट हो । यस अगाडि सन् २०१९ को हिरो गोल्डकपमा पराजित गरेको थियो ।

नेपालको लागि ४५ औं मिनेटमा रश्मी घिसिङले निर्णयक गोल गरेकी हुन् । प्रिती राईको सटिक पासमा उनले पेनाल्टी एरियाबाट सुन्दर प्रहारमा बललाई पोस्टको दिशा दिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu