ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्र र राष्ट्रियताको पक्षमा एमालेले असाधारण काम गरेको छ : अध्यक्ष ओली


एबीसी / संवाददाता
३१ भदौ २०७९, शुक्रबार   ८ : २५   बजे

काठमाडौं, ३१ भदौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को पाँच वर्षको कार्यकाल असोज १ गतेबाट सकिएर नयाँ निर्वाचन प्रक्रिया सुरु हुने बताउनु भएको छ ।

सिराहामा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको कार्यकालमा एमाले र एमालेका सांसदहरूले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानको लागि महत्त्वपूर्ण योगदान गरेका बताउनुभयो।

एमालेको शासनकालमा महत्त्वपूर्ण र युगान्तकारी विकास निर्माणका काम भएको उहाँले बताउनुभयो । सामाजिक सुरक्षा होस् वा विपन्न जनताको हितमा होस्, एमालेले प्रभाकारी काम गरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यी सबै कुरामा नेकपा एमालेले असाधारण काम गरेको छ।’

संघ, प्रदेश र स्थानीय तह तीन वटै तहमा नेकपा एमालेका जनप्रतिनिधिले सानदार रूपमा सफलतापूर्वक काम गरेको ओलीले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमालेका जनप्रतिनिधिले पाँच वर्षको कार्यकाल अन्त्यतै सफलतापूर्वक सम्पन्न गर्नुभएको छ ।’

नेकपाको एकता प्रक्रियालाई निरन्तरता दिँदै एमालेमा प्रवेश गर्ने क्रम चलेको भन्दै उहाँले एमालेमा आउने नेता कार्यकर्तालाई धन्यवाद दिनुभयो । नेकपा एमालेमा प्रवेश गर्नेलाई नेकपामा एमालेमा उचित सम्मान प्रदान गरिने उहाँले बताउनुभयो । उहाँले सबै नेता कार्यकर्तालाई मङ्सिर ४ गतेको निर्वाचनमा केन्द्रित भएर लाग्न आग्रह लाग्नुभयो ।

गठबन्धनले देशको हरेक क्षेत्रलाई ओरालो लगाउने काम गरेको उहाँले बताउनुभयो । यसलाई रोक्न मङ्सिर ४ मा गठबन्धनलाई पराजित गरेर एमालेको विजयलाई सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

सम्बन्धित

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu