ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमलदीमा लक्ष्मी बैंक कार्यालय छेउमै भेटियो टुकुचा


एबीसी / संवाददाता
१ आश्विन २०७९, शनिबार   ९ : १४   बजे

काठमाडौं, १ असोज ।  काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्ने अभियान निरन्तर जारी राखेको छ । शनिबार टुकुचा खोला खोज्न महानगरपालिकाको टोली डोजरसहित कमलादीस्थित लक्ष्मी बैंकको कार्यालय नजिक पुगेको थियो । त्यहाँ उत्खनन गरेर खोला पत्ता लगाइएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।

१२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकाल्दै काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन ९काठमाडौं प्लाजाको उत्तरतर्फ० देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन भनेको थियो । इतिहास र विभिन्न अध्ययनका प्रतिवेदनहरु अनुसार टकुचा काठमाडौं महानगरभित्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो । टुकुचामा माथिल्लो तटीय क्षेत्रमा ३ मिटरदेखि तलको क्षेत्रमा तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाब क्षेत्र छ । तर, खोलाका विभिन्न भागमा मापदण्ड विपरीत नक्सा मिचेर घर, टहरा र संरचनाहरु बनाइएका छन् ।

बिहीवार १ नम्बर वडाको जयनेपाल हलको कम्पाउण्डमा १५ फिट गहिरो खनेर उत्खनन गरेको टुलुचा शुक्रबार र शनिबार पनि निरन्तर चलेको महानगरले जनाएको छ । काठमाडौ महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार छोपिएको टुकुचा खोज्न महानगर प्रहरी र ईन्जिनियरको टिम निरन्तर लागिरहेको छ । उनले टुकुचा छोपिएको ४५० मिटर उत्खनन नसकिएसम्म निरन्तर काम हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu