ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदले पठाएको पत्रले सर्वोच्च फर्कने चोलेन्द्रको बाटो छेकिएला ?


एबीसी / संवाददाता
२ आश्विन २०७९, आइतबार   १० : ३२   बजे

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा आज बिहान ११ बजे सर्वोच्च अदालत हाजिर हुने भनिएपनि संसदले पठाएको पत्रका आधारमा उनी फर्कन नमिल्ने देखिएको छ ।

संसद सचिवालयले राणालाइ गत फागुन १ मा पठाएको पत्रमा महाभियोग लागेपछि त्यसको अन्तिम किनारा नलागेसम्म कार्यमा फर्कन नमिल्न्ने उल्लेख छ ।

राणालाई सर्वोच्च फर्कन नमिल्ने बलियो आधार नै सोही पत्र भएको स्रोतले दाबी गरेको छ।

संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, संवैधानिक परिषद् कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद् सहित चोलेन्द्र शम्शेर राणालाई समेत सम्बोधन गरेर सो जानकारी दिएका थिए।

राणाले आइतबार सर्वोच्च अदालत फर्कने सूचना शनिबार साँझ नै सर्वोच्च अदालत प्रशासनलाई दिएका थिए। चोलेन्द्रले अदालत फर्कने सूचना दिँदै अदालत प्रशासनलाई तयारी गर्न निर्देशन दिएपछि बार एसोसियसनले आपत्ति जनाएको छ।

बारले गेटबाटै चोलेन्द्रलाई रोक्ने चेतावनी दिएको छ।

शनिबार राती चोलेन्द्रमाथि लागेको महाभियोग छानविन गर्न बनेको सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग सिफारिस सहित प्रतिवेदन बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu