ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेना परिचालनको घोषणापछि रुस छाड्नेहरु बढे


एबीसी / संवाददाता
७ आश्विन २०७९, शुक्रबार   ७ : ४९   बजे

काठमाडौं, ७ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक रुपमा सेना परिचालन गरेपछि विरोध प्रदर्शन भएको छ । आंशिक सेना परिचालनपछि रुसबाट पलायन भएकाहरुलाई जर्मनीले आश्रय दिने समाचारहरु पनि सार्वजनिक भएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका थिए । युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालन गर्न’ परेको उनले बुधबारको सम्बोधनमा भने ।

त्यसका लागि करिब तीन लाख रिजर्भ रुसी सैनिकलाई ड्युटीमा बोलाइएको बीबीसीले जनाएको छ ।सेना परिचालनसँगै युक्रेनमा रुसले आक्रमण गरेको विरोध गर्ने रुसी नागरिकहरु निशानामा परेपछि धेरैले देश छाडिरहेका छन् । फ्लाइट बुकिङ गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । सीमा पार गर्न खोज्नेहरुको पाँच किलोमिटरसम्म लामो लाइन पनि देखिएको बीबीसीले जनाएको छ ।कतिपय सेना परिचालनको विरोधमा प्रदर्शनमा पनि उत्रिएका छन् ।

सरकारले बुधबार इन्टरेनटमार्फत विरोध गर्न आह्वान गर्ने वा भाग लिनेहरुलाई १५ वर्षसम्म सजायँ हुने चेतावनी दिएको थियो । यो चेतावनीसँगै रुसबाट पलायनहरुको संख्या पनि बढेको हो । युक्रेनमा रुसले आक्रमणको गरेको विरोध गर्ने धेरैजसो सामाजिक कार्यकर्ताहरु मस्को र सेन्टपिटर्सबर्गबाट पक्राउ परेका छन् । यसैगरी साइबेरियाई शहररु इरक’त्स्क र याकातेरिबर्गबाट पनि दर्जनौंलाई पक्राउ गरिएको छ ।यसैबीच जर्मनीका एक मन्त्रीले रुसबाट पलायन भएकाहरुलाई शरण दिने जनाएका छन् । ‘गम्भीर दमनको खतरामा परेका रूसी जनताले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार उनीहरूले जर्मनीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्,’ गृहमन्त्री न्यान्सी फेसरले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी: कर्णालीका २१६ मध्ये ३१ जनाको भयो सम्पर्क

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu