ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धमा फरक–फरक धारणा (भिडियोसहित)


एबीसी / संवाददाता
७ आश्विन २०७९, शुक्रबार   ९ : ५२   बजे

काठमाडौं, ७ असोज । राष्ट्रपति समक्ष दोस्रो पटक सिफारिस भएको नागरिकता विधेयक प्रमाणीकरण नभएको विषय यतिबेला विवादित छ । सत्ता गठबन्धनको बुधबारको बालुवाटार बैठकले राष्ट्रपतिको कदमले संवैधानिक व्यवस्थामाथि प्रहार भएको भन्दै संयुक्त विज्ञप्ति जारी ग¥यो । नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धमा राजनीतिक दल, कानुन व्यवसायी लगायत सरोकारवालाहरुले फरक–फरक धारणा छन् ।

सत्ता गठबन्धनले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नगरेकोप्रति बुधबार संयुक्त विज्ञप्ति जारी ग¥यो । गठबन्धनले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित भई राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानमा व्यवस्था भए बमोजिम १५ दिनभित्र प्रमाणीकरण नहुनु राष्ट्रपतिको गैरसंवैधानिक कदम रहेको ठहर गरेको छ । यसले नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबुवाका सन्तानले नागरिकता प्राप्त गर्ने ंवैधानिक हकबाट वञ्चित गरेको गठबन्धन बैठकको निष्कर्ष छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधानको पालना एवम् संरक्षण गर्नुपर्ने कर्तव्य राष्ट्रपतिको भएपनि यसो हुन नसकेको बताए । दुवै सदनले पहिलो पटक गत साउन १६ गते सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो । राष्ट्रपतिले पुनर्विचार गर्न आवश्यक देखिएकाले आठ बुँदे सुझावसहित साउन २९ गते सो विधेयक संसदमा फिर्ता गरेकी थिइन् । त्यसपछि दुवै सदनले जस्ताको तस्तै पारित गरी नागरिकता विधेयक राष्ट्रपति समक्ष पठाएको थियो । राष्ट्रपतिले प्रमाणीकरण गर्ने समय असोज ४ गते राति सम्पन्न भएको छ । असोज १ गते संसदको कार्यकाल अन्त्य भएपछि नागरिकतासहित अन्य विधेयकहरु निष्क्रिय हुने कानुनविद्हरुले बताएका छन् ।

उनीहरुको सो व्यवस्था संविधानमा उल्लेख रहेको बताए । त्यसो त, यतिबेला पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने वा बाटो सहज गर्नुपर्ने भन्दै मुख खोल्दै आएका छन् । तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा यादवले अध्यादेश ल्याउन असहयोग गरेको प्रसंग पनि उठेको छ । भट्टराईलाई अध्यादेशमार्फत बजेट ल्याउन त्यसबेला यादवले रोकेका थिए ।

अहिले नागरिकता विधेयकमा अड्चन पैदा भएको समय विगतका विभिन्न नजिरहरुको पनि अध्ययन भएको छ । राष्ट्रपतिको कदम सत्ता गठबन्धन दल र सरोकारवालाले असंवैधानिक रहेको ठहर गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिको कदमको बचाउ गर्दै समर्थन जुलुस ग¥यो । संसदको कार्यकाल अन्त्य एवम् मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअघि राष्ट्रपति विवादमा तानिएकी छिन् । कानुनविद्का अनुसार नागरिकता लगायत बाँकी सबै निष्क्रिय विधेयकहरुमाथि अबको नयाँ प्रतिनिधिसभा संसदले टुंगो लगाउने एउटा विकल्प छ । तत्काललाई नागरिक विधेयक प्रमाणीकरणका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने पनि उनीहरुको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group