ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जाने निर्णय गरेका गठबन्धनलाई अझै सकस


एबीसी / संवाददाता
८ आश्विन २०७९, शनिबार   ८ : ५८   बजे

काठमाडौं, ८ असोज । मंसिर ४ गते हुने चुनावमा पनि तालमेल गरेर जाने निर्णय गरेका सत्ता गठबन्धनभित्र सिट बाँडफाँट अझै मिल्न सकेको छैन । महिनौँदेखि छलफल भइरहे पनि सहमति जुट्न नसकेको हो।

हिजोको बैठक पनि सहमतिमा पुग्न नसकेपछि आज फेरि छलफल हुने नेताहरुले बताएका छन् । झण्डै एक सय सिटमा दलहरूको एकल दाबी रहेको र बाँकी सिटमा एकभन्दा धेरै दलको दाबी हुँदा कुरा मिल्न नसकेको नेताहरुको भनाइ छ ।

प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै चुनावमा गठबन्धन गर्ने उनीहरुको प्रयास छ । गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले बढी सिट लिन खोजेको भन्दै अरु दल असन्तुष्ट छन् भने आफूभन्दा साना दलले हैसियतभन्दा बढी सिट लिन खोजेको भन्दै कांग्रेस पनि असन्तुष्ट छ ।

गठबन्धनमा दुई महिना अगाडि नै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटको टुङ्गो लागेको छैन । हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेताहरू र सिट बाँडफाँट कार्यदलका सदस्यहरूबीच छलफल भएको थियो । हिजोको छलफल पनि टुङ्गोमा पुग्न नसकेपछि आज फेरि छलफल हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group