ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दसैँ आइसक्दासम्म पनि व्यापार नहुँदा सबैभन्दा चहलपहल हुने न्युरोडका व्यापारीहरु चिन्तित (भिडियोसहित)


एबीसी / संवाददाता
८ आश्विन २०७९, शनिबार   ३ : १४   बजे

काठमाडौं, ७ असोज ।  नेपाली बजारमा सबैभन्दा बढी किनमेल र कारोबार हुने समय दशैं अगाडिलाई मानिन्छ । दशैं र तिहारलाई लक्षित गरेर उपभोग्य वस्तु तथा सेवाको आयात बढ्ने गर्छ भने व्यवसायीहरू साउनदेखि नै दशैं लक्षित कारोबार शुरु गर्छन् । लत्ताकपडासहितका व्यवसायीले पनि स्टक क्लियर गर्न यही वेला अफर ल्याएर ग्राहक आकर्षित गर्छन । जसका कारण दशैं अर्थतन्त्र गुलजार हुने गर्छ । तर यस वर्ष भने दसैँ आइसक्दासम्म पनि बजार सुनसान र व्यापार नहुँदा सबैभन्दा चहलपहल हुने न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् ।

नेपालीहरुको महान चाड बडा दशैँको समयमा विगतका वर्षहरुमा राजधानीका मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, महाबौद्ध लगायत बजारमा निकै भीडभाड हुन्थ्यो । तर, यो पटक दशैँ आउन सातादिनमात्रै बाँकी रहँदा समेत सोचेअनुसार चहलपहल छैन । सामान्य समयमा व्यापार जस्तो भए पनि दशैँमा त केही फस्टाउला कि भन्ने आशामा बसेका व्यापारीहरुलाई अहिले आफ्नो पसलको भाडा तिर्ने पैसा उठाउन हम्मे हम्मे परिरहेको छ । दशैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा व्यापारीहरु निराश बनेका छन् । कोरोना महामारी पछि व्यापार व्यवासायहरु राम्रोसँग फस्टाउन सकेको छैन । साथै नेपालीहरुले पनि आफ्नो महान चाड कोरोनाकै कारण राम्रोसँग मनाउन सकेका छैनन् ।

यस वर्ष कोरोना महामारीको असर कम रहेपनि डेंगुका संक्रमणका कारण पुनः दैनिक जनजीवन अस्तव्यस्त बनेको छ । चाडबाड नजिकिँदै गरिरहेको अवस्थामा देशभर डेंगुका बिरामीहरु दिनप्रतिदित बढीरहेका छन् । जसका कारण पनि आम मानिसहरु बजारमा त्यत्ति देखिँदैनन् । साथै चाडबाडमा नयाँ लुगा, नयाँ परिकार खानका लागि पनि अनलाइनबाट नै होम डेलिभरी हुनाले भौतिक रुपमा नै उपस्थित भएर सामान किनबेच गर्नेको संख्या कम हुँदै गएको सहजै आँकलन गर्न सकिन्छ । कोरोनाका कारण आम मानिसको आर्थिक अवस्था पनि कमजोर भएकाले बजारमा ग्राहकहरुको चहलपहल कम भएको हुनसक्ने व्यापारीहरु बताउँछन् । न्युरोडस्थित कपडा पसलका व्यापारी दिनेश साही विगतका वर्षहरुको तुलनामा यस वर्ष कमैमात्र व्यापार भएको भन्दै कोरोनाका कारण आम मानिसको आर्थिक अवस्था पनि कमजोर भएकाले बजारमा ग्राहकहरुको चहलपहल कम भएको हुनसक्ने बताउँछन् ।

यता अमेरिकी डलरको भाउ उच्च हुदा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको छ । डलरको भाउ बढ्दा वस्तु तथा सेवाको आयातबापत हुने भुक्तानीमा असर पर्छ । अहिले दशैं÷तिहार जस्ता मुख्य चाडपर्वका बेला नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक प्रभाव परेको छ । त्यस्तै न्युरोडमा नै जुत्ता, चप्पल व्यापार गर्दै आएका उद्धव ढुंगेलले विगतका वर्षहरुमा हिँड्ने बाटो नहुने न्युरोडमा यस पटक भने खुला भइरहेको भन्दै सोचेअनुसारको व्यापार नहुँदा पसल भाडा तिर्नपनि हम्मेहम्मे परेको बताए । दशैँ नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याएको तर ग्राहक नआउँदा आफूहरु अहिले समस्यामा परेको उनको गुनासो छ ।

हुने खाने र भए खाने सबै वर्गले एकसरो कपडा फेर्ने र मिठो मसिनो खाने पर्वको रुपमा परिचित थियो दशैं । दशैंको यो परिचय फेरिँदो छ । परिचयसँगै फेरिदैँछ दशैंको व्यापार पनि । विशेष गरेर दशैंमा किनमेल हुने कपडा, खाद्यन्नको व्यापार घट्दो छ । पाँच वर्षयता कपडाको व्यापारमा कमि हुँदै गएको व्यापारीहरूको गुनासो छ । घटिरहेको व्यापार गतवर्ष साल कोरोनाले ठप्प भयो । यसपालि चहलपहलसँगै व्यापार केही बढ्दो छ । तर, उत्साहजनक भने छैन । यद्यपी दशैंको बेलामा भ्याइनभ्याइ हुने व्यापारीहरु ग्राहक कुरेर बस्न बाँध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group