ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसले युक्रेनका चार वटा भू–भागमा गरेको जनमत सङ्ग्रह सकियो


एबीसी / संवाददाता
१२ आश्विन २०७९, बुधबार   ६ : ४१   बजे

काठमाडौं, १२ असोज । रुसमा गाभिने वा युक्रेनमै रहने भनेर रुसले युक्रेनका चार वटा भू–भागमा गरेको जनमत सङ्ग्रह सकिएको छ ।

युक्रेनको दक्षिण पूर्वी क्षेत्रहरू लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेअर्सनमा शुक्रवारदेखि सुरु भएको मतदान हिजो सकिएको हो ।युक्रेनसहित अमेरिका, युरोपेली युनियनलगायतले यो जनमत सङ्ग्रहलाई अवैधानिक भन्दै आएका छन् । तर, रुसले प्राप्त मतदानका आधारमा अगाडि बढ्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि सन् २०१४ मार्चमा पनि रुसले युक्रेनी क्षेत्र क्रिमियालाई यही प्रक्रियाबाट आफ्नो पक्षमा पारेको थियो ।

गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युक्रेनसँग युद्ध चलिरहेका बेला युक्रेनी भू–भागमा जनमत सङ्ग्रह हुनुअघि अघिल्लो हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जगेडा सैनिक परिचालनको आदेश समेत दिनुभएको थियो । तर सेना परिचालनको यो निर्णयमा कमजोरी भएको रुसले स्वीकार गरेको छ ।

जनस्तरबाट विरोध हुन थालेपछि रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले यो निर्णयमा कमजोरी भएको स्वीकार गरेको हो । जगेडा सैनिक परिचालनको आदेशपछि भएको विरोध प्रदर्शनमा सहभागी दुई हजारभन्दा धेरै नागरिक पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group