ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोगको तत्परता कस्तो (भिडियोसहित)


एबीसी / संवाददाता
१२ आश्विन २०७९, बुधबार   ८ : ०८   बजे

काठमाडौं, १२ असोज । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगको तयारी अगाडि बढ्दै आएको छ । आगामी संघ र प्रदेशको निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची राजनीतिक दलहरुले असोज २ र ३ गते बुझाए । देशका प्रमुख राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको नामावली अन्तिम दिनको अन्तिम समयमा बुझाएका थिए । अहिले सत्ता गठबन्धनमा प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमति जुटेको छैन । तर, आयोगले भने तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न तत्परता देखाउदै आएको छ ।

मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दुवै चरणको निर्वाचन हुदैछ । तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले आफ्नो तर्फको तयारी अगाडि बढाएको छ । पछिल्लो समय, राजपत्रमा प्रकाशित आगामी निर्वाचनको आचारसंहिता लागू गर्ने सम्बन्धनमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल आयोगमा छलफल भयो । आचारसंहितमा दलका शीर्ष नेताहरुले हस्ताक्षर गरे । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दलहरुकै परामर्र्शमा आचारसंहिता निर्माण गरिएको र थप संशोधन गर्नुपर्ने आवश्यकता रहे यसलाई सहजीकरण गर्दै अघि बढ्न सकिने बताए ।

आयोगले आचारसंहिता लागू गर्नेदेखि विगतका निर्वाचनमा खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना पनि गर्ने काम अघि बढाएको छ । कानुन बमोजिम निर्वाचनको अनितम परिणाम प्रकाशन भएको ३० दिनभित्र सो विवरण बुझाउने कानुनी व्यवस्था छ । सोही कानुन कार्यान्वयनका क्रममा आयोगले आफ्नो कदम अघि बढाएको प्रवक्त शालिग्राम शर्मा पौडेलेले बताए ।

राजनीतिक दलहरुले निर्वाचन उम्मेदवार दर्ता गर्न जाँदा २५ जना मात्रै लान पाउने, कुनै मञ्च बनाएको कार्यक्रमको खर्च विवरण ७ दिनभित्र बुझाउनुपर्ने, निर्वाचन हुनुको १७ दिनभित्र मात्रै निर्वाचन प्रचार गर्न पाइने कुराहरु व्यवहारिक नहुने विषयमा आयोगसँग परामर्श भएको नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले बताए । उनले कतिपय निर्वाचन क्षेत्र जान, आउन नै महिना दिनसम्म लाग्ने कुरा उल्लेख गरे । यसैगरी, मन्त्री भएकै कारण निर्वाचन प्रचारमा जान नपाइनु राजनीतिक अधिकारविरुद्ध भएको सुझाव दलहरुले आयोगलाई दिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले मन्त्री र सरकारका पदमा रहेकाहरु निर्वाचन प्रचारप्रसारमा जान पाउने, नपाउने सम्बन्धमा आयोगले थप छलफल गर्ने बताए । यसलाई कसरी व्यवस्थित बनाउने एवम् सामाजिक सञ्जाल लगायतमा भएका नियन्त्रणका सन्दर्भमा आयोगसँग छलफल भएको उनले बताए । प्रचारप्रसार समय बढाउनुपर्ने दलहरुको माग छ भने, यो समय बढाउदा निर्वाचन थप खर्चिलो हुने आयोगले जनाएको छ ।

यसबीचमा विभिन्न राजनीतिक संकट र दबाब आएपनि आयोगले निर्वाच्नको तयारी तीव्र पारेको हो । निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न देशका सुरक्षा निकायका प्रमुखहरुबीच पनि छलफल भएको छ । आयोगले भने निर्वाचनमा हुने खर्च विवरण पेश गर्न अर्थ मन्त्रालयलाई बताएको थियो । राष्ट्रपतिले संविधान बमेजिम नागरिकता विधेयक प्रमाणिकररण नगरेको विषयले संवैधानिक संकट एवम् निर्वाचन हुने, नहुनेमा संशय पैदा भएको दलहरुले बताउने गरेका छन् । तर, यी विविध चुनौती बाबजुद आयोगले भने हालसम्म पूर्वनिर्धारित कार्यतालिका अनुसार निर्वाचन सम्पन्न गर्नेगरी तत्परता देखाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu