ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघ र प्रदेशको सिट बाँडफाँटमा सहमति नजिक पुगेको सत्ता गठबन्धनको दावी (भिडियोसहित)


एबीसी / संवाददाता
१२ आश्विन २०७९, बुधबार   ८ : १०   बजे

काठमाडौं, १२ असोज । सत्ता गठबन्धनले प्रतिनिधि सभातर्फ सिट बाँडफाँट लगभग सहमति जुटाएर प्रदेश सभातर्फ सिट बाँडफाँटका लागि छलफल अघि बढाएको छ । असोज २३ गते प्रत्यक्षतर्फ मनोनयन गराउनुपर्ने र समानुपातिकतर्फ असोज १६ गते अन्तिम सूची बुझाउनुपर्ने समयसीमालाई ख्याल गर्दै सत्तारुढ दलको कार्यदल र शीर्ष तहमा छलफल चलिरहेको हो । प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० क्षेत्र छन् । गठबन्धनका दलहरूले दाबी गरेका क्षेत्रको संख्या ४०७ भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धनको बैठक केही समयदेखि निरन्तर चलिरहेको छ । असोज २३ गते प्रत्यक्षतर्फ मनोनयन गराउनुपर्ने र समानुपातिकतर्फ असोज १६ गते अन्तिम सूची बुझाउनुपर्ने समयसीमालाई ख्याल गर्दै सत्तारुढ दलको कार्यदल र शीर्ष तहमा छलफल चलिरहेको छ । यसरी छलफल चलिरहँदा प्रतिनिधि सभाको करिब १० प्रतिशत सिटमा मात्रै कुरा मिल्न बाँकी रहेको बताइएको छ । प्रतिनिधि सभामा केही क्षेत्रमा मात्र मिल्न बाँकी रहेकाले गठबन्धन अब प्रदेश सभातिर केन्द्रित भएको छ । प्रतिनिधि सभाका लागि कार्यदलका तर्फबाट टुंगिन सक्ने क्षेत्रमा सहमति भएको र बाँकी क्षेत्रमा शीर्ष तहले नै सहमति खोज्ने भएकाले अब प्रदेशतिर छलफल केन्द्रित भएको कार्यदलका सदस्यहरु बताउँछन् । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ८० प्रतिशत सिटमा दलहरुका बीचमा धेरै अघि नै सहमति भएको र केही सिटहरुमा दोहोरो तथा तेहोरो दाबी परेकाले मिलाउने प्रयास भइरहेको जानकारी दिए ।

सत्ता गठबन्धनले आइतबारदेखि प्रदेश सभा क्षेत्रको सिट बाँडफाँटबारे कुराकानी थालेका हुन । सत्ता गठबन्धनमा दिनहु छलफल गरे पनि सहमतिको खाका प्रस्तुत हुन सकेका छै्रन । दलहरूले गत स्थानीय चुनावमा वडा तहमा पार्टीले ल्याएका भोटलगायत प्रस्तुत गर्दै आफ्ना तर्फबाट सिट दाबी गरिरहेका छन् ।

नेपाली कांग्रेसले १८० प्रदेश सभा क्षेत्र आफूलाई दिनुपर्ने दावी गरिरहदा नेकपा माओवादी केन्द्रले १००, नेकपा एकीकृत समाजवादीले ७०, जसपाले ५० र राष्ट्रिय जनमोर्चाले ७ सिटमा दाबी गरेका छन् । प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० क्षेत्र छ । तर गठबन्धनका दलहरूबाट आएको दाबी ४०७ क्षेत्रका लागि छ । यो संख्यामा दलहरू घटेर सहमतिमा पुग्ने ती कार्यदल सदस्य बताउँछन् । यद्यपी पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ ।

कोइराला पक्षका नेताहरुले सो निर्णय नच्याएपछि पार्टी भित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका छन । नेता जगदिशनरसिंह केसीले सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने बताए । देउवा पार्टीको सभापति भएपनि भित्र एक पक्षीय ढंगले अघि बढेकाले त्यसको विरोध गर्नु परेको उनको भनाई छ ।

गत साउन २० मा पाँच दलीय सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेका थिए। त्यसयता दिनहुँजसो छलफल भए पनि प्रतिनिधि सभा र प्रदेश सभामा कुन दलले कति सिट लिने टुंगिएको छैन । दसैँको फूलपातीअघि नै प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिट बाँडफाँट गरिसक्ने गरी छलफल अगाडि बढाइएको छ । प्रतिनिधि सभातर्फ मधेशका केही जिल्ला, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, धनकुटा, धादिङ, तनहुँ, नवलपुरलगायत केही क्षेत्रमा विवाद छ । प्रदेश सभाको क्षेत्र टुंग्याउँदा विवादित क्षेत्रमा टुगोंंमा पुग्न पनि सहज हुने र अलग अलग प्रदेश सभाको सिट लिदाँ समानुपातिक तर्फको मतमा पनि असर नपर्ने कार्यदलको बुझाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu