ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिट बाँडफाँटमा यस्तो बन्दै छ सहमति (भिडियोसहित)


एबीसी / संवाददाता
१२ आश्विन २०७९, बुधबार   ८ : २९   बजे

काठमाडौं, १२ असोज ।  सत्ता गठबन्धले आगामी संघ र प्रदेशको निर्वाचनका लागि सिट बाँडफाँटको विषय सहमति नजिक पुगेको बताउदै आएका छन् । नेपाली कांग्रेसका लागि ८० देखि ८५ सिट, माओवादी केन्द्रलाई ४५ देखि ४७ सिटसम्म सहमति नजिक रहेको नेताहरुले जनाएका छन् । कांग्रेस र राष्ट्रिय जनमोर्चाबाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीच छुट्टै सहमतिको प्रयास जारी छ । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेकाले पनि दलहरुमा सिट बाँडफाँटको टुंगो सो अघि नै लगाउनुपर्ने दबाब बढेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सिट बाँडफाँटको विषय सहमति नजिक रहेको जनाएको छ । प्रतिनिधिसभामा १६५ प्रत्यक्षतर्फमध्ये नेपाली कांग्रेसको भागमा ८० देखि ८५ सिट र नेकपा माओवादी केन्द्रलाई ४५ देखि ४७ सिटमा सहमति नजिक रहेको नेताहरुले बताएका छन् । यसअघि कांग्रेसले बढीमा सय देखि ९० सिट र माओवादीले ६० देखि ५० सिटको दाबी गर्दै आएको थियो । ४० देखि ३० सिटको दाबी गर्दै आएको एकीकृत समाजवादी, माअ‍ोवादी र जनता समाजवादीबीच छुट्टै पनि सहमतिको छलफल हुदै आएको छ । जसपालाई १५ देखि १७ र राष्ट्रिय जनमोर्चालाई दुई सिटमा सहमति नजिक रहेको जनाइएको छ । दलहरुले असोज २ र ३ गते अन्तिम घडीमा निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गरेका थिए । तर, राष्ट्रपतिबाट नै संविधान र अहिलेको व्यवस्थामाथि प्रहार भएकाले लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

माओवादी, समाजवादी र जसपाबीच छुट्टै गृहकार्य भएकोमा समाजवादी र जसपाले अलि बढी सिट दाबी गरेको छ । यी तीन दलबीच २५–३० स्थानमा विवाद कायमा छ । तर, दोहोरो र तेहेरो दाबी रहेको स्थानमा समेत शीर्ष नेताबीच समझदारी बनेको छ । मधेश प्रदेशमा कांग्रेस र जसपाबीच सहमतिको प्रयास भएको छ । मधेश प्रदेशमा कांग्रेसले १२, जसपाले १३, माओवादीले ५ र समाजवादीले २ सिट लिने बताइएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये प्रधानमन्त्री एवम् कांग्रेस सभापति ८० देखि ८५ सिटको हाराहारीमा सहमतिमा पुग्ने भएपछि डा। शेखर कोइराला पक्षले गठबन्धनलाई सहयोग नगर्ने भन्दै विद्रोह गर्ने निर्णय ग¥यो । यद्दपि, देउवालाई चुनौती दिने गरी गएको १४ औं महाधिवेशनका सभापतिका उम्मेदवार प्रकाशमान सिंह भने पार्टीको निर्णय विपरीत जान नहुने पक्षमा छन् । पार्टी विपरीत गए कसैलाई फाइदा नपुग्ने भन्दै अहिले संविधान एवम् प्राप्त संघीय व्यवस्था संस्थागत गर्दै लानुपर्ने सिंहले भनेका छन् ।

गठबन्धनमा समाजवादी र जसपाले १५ देखि १७ सिट पाउने गरी बहस भएको छ । सहमतिका लागि विगतदेखि जित्दै आएका निर्वाचन क्षेत्रहरुमा नेता तथा उम्मेदवार साटफेर गर्ने सुत्र पनि गठबन्धनले अंगालेको छ । निर्वाचन आयोगले असोज १६ गतेभित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा छ भने असोज २३ गतेसम्म प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको कार्यतालिका तय गरेको छ । विशेषगरी, गठबन्धनको सिट बाँडफाँट कार्यदलमा प्रतिनिधिसभापछि प्रदेशसभाको ३३० सिटमा सहमति प्रयास जारीे छ । अनेक विकल्प अप्नाएर भएपनि आगामी संघ र प्रदेशको निर्वाचनको सिट बाँडफाँटमा अन्तिम टुंगो लगाउने कसरतमा गठबन्धनका दलहरु छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group