ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैको १५ दिन कसरी मनाईन्छ : यस्तो छ धार्मिक परम्परा (भिडियोसहित)


एबीसी / संवाददाता
१३ आश्विन २०७९, बिहिबार   ९ : ५१   बजे

काठमाडौं, १३ असोज । दशै, नेपालको वार्षिक क्यालेन्डरमा सबभन्दा लामो र सबैभन्दा धेरै शुभ पर्व हो, जुन देशभरिका सबै जाति र हिन्दु धर्मका नेपालीहरूले मनाउँछन । राष्ट्रिय चाड दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म नवरात्रभर शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हातबाट टीका(प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमासम्म मनाउने गर्छन । आश्विन शुक्ल प्रतिपदा घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ ।

हर्ष एवं उल्लास तथा विजयको पर्व हो दशैं । राष्ट्रिय चार्ड समेत मानिने दशैं, हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म नवरात्रभर शक्तिको आराधना गरी मनाइन्छ । दशौं दिन विहान आफूभन्दा ठूला मान्यजनहरुको हातबाट टीका प्रसाद ग्रहण गरेर विशेष रुपमा पूर्णिमासम्म, मनाउने गरिन्छ । घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ ।

प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै चण्डी पाठ गरी नवदुर्गा र त्रिशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधना गरिन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिन दिन जमरा राखिन्छ र दशैंको नवरात्र आरम्भ हुन्छ । घटस्थापनाको दिन कलशको स्थापना गरी देवीदेवतालाई आव्हान गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न छरिन्छ ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको प्रचलन छ । जमरा मकै, गहुँ तथा जौ का दाना उमारेर तयार गरिन्छ । घाम नलाग्ने ठाउँमा उमारिने भएकोले जमरा पहेँला हुन्छन । नवरात्रको सातौं दिनलाई फूलपाती भनिन्छ । दशैंमा यो दिनको महत्व अधिक रहेको छ । सप्तमीका दिन साइत हेरेर बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घरमा भित्राउने गरिन्छ । यसैगरी नवरात्रको आठौं दिनमा महाकालीको विशेष पूजाआजा गरिन्छ । देवीभागवत अनुसार प्राचीनकालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएको विश्वासमा पूजा गर्ने चलन छ ।

यसैगरी नवरात्रको नवौ दिन विशेष गरी सिद्धिदात्री देवीको पूजाआजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । नवरात्रीको नवौं दिन विशेष गरी नवकन्याहरूलाई पूजाआजा गरि भोजन गराउने परम्परा छ । नवरात्रिको दशौ दिनलाई विजयादशमी भनिन्छ । यो दशैंको खास दिन हो । नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यस दिनलाई विजयादशमी भनिएको किम्बदन्ति रहेको छ ।

यस दिन घर घरमा सबैभन्दा पाको र जानकार ब्यक्तिले सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजयादेवीको आह्वान र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा र अन्य देवदेवीहरुलाई चढाइ आरती र पुष्पाञ्जलि गर्ने गरिन्छ । यति गर्नाले कसैले पनि आफूमाथि दमन वा विजय गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ ।दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ ।

आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिनदेखि सुरु भएको दुर्गापक्ष अर्थात दशैंपर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर नाता सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक राष्ट्रिय राजनीतिक अवसरको रुपमा पनि दशैंको महत्व रहेको छ । सरकारले पनि यस पर्वमा लामो छुट्टी दिएर र एक महिनाको तलब दशैं खर्च दिएर दशैंको महत्वलाई अझै उजागर गरेको छ । हुनेखानेहरुलाई सधैंको दशैं छँदै छ । हुँदा खानेहरूलाई दशैं दशा नबनोस । दशैं राष्ट्रिय एकताको प्रतीक बनोस । विजया दशमीको सबैमा शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group