ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धनले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा यसरी जुटाए सहमति (सूचिसहित)


एबीसी / संवाददाता
१३ आश्विन २०७९, बिहिबार   १० : ०९   बजे

काठमाडौं, १३ असोज । सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन्। सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ। काङ्ग्रेसले ८५ सिट लिएको छ। राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ। बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो। कार्यदलका एक सदस्यले दिएको सूची अनुसार अब प्रदेश १ को खोटाङ, बागमती प्रदेशको धादिङ-१, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निर्णय हुन बाँकी छ।

माओवादी केन्द्रले उपत्यकामा काठमाडौं २ र ९ लिने सहमति भएको छ। यस्तै ललितपुर ३ पनि लिनेछ। प्रदेश १ मा माओवादीले ८ सिट पाएको छ। झापा १ छोडेर माओवादीले २ र ५ लिएको छ। ‍

यी हुन कांग्रेसले लिने सिट

सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले ८५ वा ८६ सिटमा सहमति जनाउने भएको छ। जस अनुसार प्रदेश १ मा पाँचथर, इलाम–२, झापा–१, झापा–३, झापा–४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १, २, ३ र ६, सुनसरी–२, ३ र ४, ओखलढुंगा,, उदयपुर–१ लिनेगरी सहमति भएको छ।मधेश प्रदेशमा कांग्रेसले सप्तरी–३, सप्तरी–४, सिराहा–१ र २, धनुषा २, ३ र ४, महोत्तरी–२ र ३, सर्लाही–४, बारा–१, पर्सा–३ र ४ लिने भएको छ।

त्यस्तै, बागमती प्रदेशमा दोलखा वा रामेछाप–१, सिन्धुली–१, रसुवा, धादिङ–२, काठमाडौं–१, ३, ४, ५, ६, १०, भक्तपुर– १ र २, ललितपुर–१, काभ्रे–१, सिन्धुपाल्चोक–२, मकवानपुर–१, चितवन–१ र २ लिने भएको छ। त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–१, मनाङ, कास्की, तनहुँ–१ र २, स्याङ्जा–१ र २, नवलपरासी पूर्व–१ र २, मुस्ताङ, म्याग्दी, पर्वत लिने सहमति गरेको छ। लुम्बिनी प्रदेशमा गुल्मी–१, पाल्पा–१, अर्घाखाची, रुपन्देही ३, ४ र ५, कपिलवस्तु २ र ३, बाँके ३, बर्दिया–१, नवलपरासी पश्चिम २ लिने भएको छ। त्यस्तै, कर्णाली प्रदेशमा मुगु, दैलेख–१ र २, सुर्खेत १ र २ कांग्रेसले लिने भएको छ। सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम, कैलाली १, ४ र ५, दार्चुला, डडेल्धुरा, कंचनपुर–२ र ३ लिने भएको छ।

माओवादी 

सहमति अनुसार माओवादी केन्द्रले प्रदेश १ मा ताप्लेजुङ, झाप–२, झापा–५, भोजपुर, मोरङ–४, मोरङ–५, सोलुखुम्बु, खोटाङ, उदयपुर–२ लिने भएको छ। यसमध्ये खोटाङमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको स्रोतले दाबी गरेको छ। प्रदेश २ मा सिराह–३, धनुषा–१, महोत्तरी–१, सर्लाही–२, सर्लाही–३ लिने भएको छ। सर्लाही–२ मा जसपाले पनि दाबी गरेको छ। बागमती प्रदेशमा दोलखा वा रामेछाप–१ मध्ये एक लिने बताइएको छ। त्यस्तै, सिन्धुली–२, नुवाकोट–१, धादिङ–१, काठमाडौं–२, काठमाडौं–९, काभ्रे–१, सिन्धुपाल्चोक–१ र चितवन–३ माओवादीले लिने भएको छ।
त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ–२ लिने सहमति भएको छ। लुम्बिनी प्रदेशमा रुपन्देही–१, कपीलवस्तु–१, रुकुम पूर्व, रोल्पा, दाङ–२, बाँके–१, बर्दिया–२, नवलपरासी पश्चिम–१ माओवादीले लिने भएको छ। जसमा रुपन्देही १ र नवलरासी पश्चिम–१ मा नेपाली कांग्रसले पनि दाबी राखेको छ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ। सल्यानमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको छ। त्यस्तै, सुदूरपश्चिममा अछाम–१, कैलाली–२, कैलाली–३, बैतडी, कंचनपुर–१ लिने भएको छ।

एकीकृत समाजवादी 

एकीकृत समाजवादीले १७ सिटमा दाबी गरेको छ। जसमध्ये इलाम–१, रौतहट–१, बारा–४, धादिङ–१, काठमाडौं–८, ललितपुर–२, मकवानपुर–२, कास्की–२, गुल्मी–४, पाल्पा–२, रुपन्देही–२, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटीमा समाजवादीले लिने भएको छ।

डोल्पा र अछाम–१ मा भने माओवादीको पनि दाबी रहेको छ।

जसपा

जसपाले १६ सिट लिनेगरी सहमति भए अनुसार सुनसरी–१, सप्तरी–१, सिराह–४, धनुषा–३, महोत्तरी–३ र ४, सर्लाही–१, रौतहट–३, बारा–३, पर्सा–१ र २, काठमाडौं–७, बाँके–२, रुपन्देही–१ र सप्तरी–२ लिनेगरी सहमति भएको छ।

जसमध्ये धनुषा–३ र महोत्तरी ३ मा नेपाली कांग्रेसको पनि दाबी छ। त्यस्तै रुपन्देही ३ मा माओवादी केन्द्रको दाबी छ।

राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चा –बागलुङ–१ र प्युठान लिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group