ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाल मोहम्मद हत्याका तीन आरोपित सार्वजनिक


एबीसी / संवाददाता
१४ आश्विन २०७९, शुक्रबार   ५ : ३६   बजे

काठमाडौँ, १४ असोज । सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको हत्यामा संलग्न ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । उनको गत असोज ३ गते काठमाडौंको गोठाटारमा गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्नमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ निवासी २१ वर्षीय महोरम मियाँ रहेका छन् । उनले उक्त हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । त्यसैगरी उक्त हत्याकाण्डमा संलग्न भएका अभियोगमा प्रहरीले पर्साकै वीरगञ्ज महानगरपालिका-१५ निवासी १९ वर्षीय रेहान मियाँलाई पनि पक्राउ गरेको छ। उनले हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापनमा सघाएको खुलेको छ।

प्रहरीले उक्त हत्याकाण्डमा संलग्न भएको अभियोगमा मकवानपुरको बकैया गाउँपालिका-१ निवासी २१ वर्षीया सुस्मिता स्याङ्तानलाई पनि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उनले मृतकको गतिविधिको निगरानी गर्ने भूमिका निर्वाह गरेकी थिइन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट अगाडिको सडक खण्डसँगै रहेको खुल्ला स्थानमा सवारी साधन रोकी उनको हत्या गरिएको थियो ।

असोज ३ गते कारबाट ओर्लिने क्रममा सर्लाहीको सिसौरिया-६ स्थायी घर भए ई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालक ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले गोली प्रहार गरी हत्या गरेका थिए।

गोली लागी घाइते भएका उनलाई शंखरापुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारको क्रममा उनको असोज ३ गते राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो । उक्त घटनाबारे प्रहरीको विशेष टोलीले अनुसन्धानका क्रममा तीनजनालाई उपत्यकासहित वीरगञ्जसहितका भारतीय सीमाक्षेत्रबाट पक्राउ गरेको हो ।

उनीहरूलाई केही दिन पहिल्यै पक्राउ गरिएको थियो ।घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा समिती गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group