ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दसैँँसँग जोडिएका संस्कृति लोप हुँदै गएकोमा चिन्ता


एबीसी / संवाददाता
१५ आश्विन २०७९, शनिबार   ९ : ५८   बजे

नुवाकोट, १५ असोज । नुवाकोट उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्नुहुन्थ्यो । उहाँलाई दसैँको समयमा ब्याट्रीको कालोले घरको झ्याल ढोका सिगारेको सम्झना ताजै छ । रातो र कमेरो माटोले लिपेको घर गाजल लगाएकी महिला जस्तो लाग्थ्यो । थातथलो छाडेर सदरमुकाम झरेपछि त्यस्ता दृश्य हेर्ने रहरमा मात्रै सीमित बनेको छ ।

उहाँले भन्नुभयो, “विशेष गरी विनाशकारी भूकम्प २०७२ ले ढुङ्गा माटोको घरलाई विस्थापित गराइ दियो । कङ्क्रीटका घर धेरै बने । रङरोगनले घर सजिएका छन् । दसैँको समयमा रातो र कमेरो माटोले सजिएका घर खोज्न गाउँ नै पस्नुपर्छ । त्यो पनि न्यून भेटिन्छ ।”

दसैँ भन्ने वित्तिकै पिङको सम्झना आउँछ । पिङमा पनि रोटे, जाते र लिङ्गे । विशेष गरी लिङ्गे पिङ वरपिपलको चौतारामा राखिन्न्थ्यो । पिङ खेल्न वल्लो–पल्लो गाउँका बालबालिकादेखि तन्नेरी आउँथे । पालो पाउनै गाह्रो हुन्थ्यो । तर अहिले सडक निर्माणको नाममा चौतारा मासिनुको साथै पिङ लोप हुने अवस्थामा पुगिसकेको गुनासो छ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलयका प्रमुख हरिप्रसाद गुरागार्इंको । “अधिकांश गाउँलाई सडक सञ्जालले छोएको छ । सडक निर्माणको क्रममा सार्वजनिक स्थानमा रहेका चौतारा मासिएका छन् । पिङ राख्ने परम्परा लोप हुने अवस्थामा पुगिसकेको छ”, दुप्चेश्वर गाउँपालिका–५ का बासिन्दा रहनुभएका गुरागाईंले भन्नुभयो, “श्रमदानमार्फत सामूहिक रुपमा सामाजिक काम गर्ने प्रचलन न्यून बन्दै गएको छ । सरकारमार्फत बजेट आओस् भन्ने अपेक्षा गरिन्छ । तर हामीले हाम्रो गाउँ पुग्ने सडकको स्तरोन्नति गर्र्न स्थानीयबाटै श्रमदान हुन्छ, चन्दा सङ्कलन हुन्छ । चार पाङ्ग्रे सवारीसाधन भएकाले पाँच हजार, दुई पाङ्ग्रे हुनेले दुई हजार र नहुनेले कम्तीमा पनि एक हजार रकम सङ्कलन गरेर सडक मर्मतको काम गर्छौँ ।”

दशैलाई चिउरा चाहिन्छ भनेर पाखो बारीमा घैयाँ धान लगाउँने प्रचलन समेत रहेको थियो । हरहर बास्नादार चिउराले दशैलाई नै सुगन्धित बनाउथ्यो । तर अहिले न त घैयाँ धानको खेती गरिन्छ, नत बास्नादार चिउराको प्रयोग नै । पढाई तथा रोजगारीको सिलसिलामा गाउँ छाडेकाहरु दशैको आगमनसँगै आफ्नो थातथलो फर्कने पक्ष अहिले कायमै छ । “अघिपछि आफ्नै काममा व्यस्त भइन्छ । आफ्नो एकल परिवार जहाँ जसरी रहेपनि दसैँमा आफ्नै पुख्र्योली थलो जाने गरेका छौँ”, स्याङ्जा घर भएका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भन्नुभयो, “दसैँ र गाउँ एकअर्का बीचको परिपुरक जस्तै लाग्छ । खाने र खेल्नेभन्दा पनि गाउँमा केही रचनात्मक क्रियाकलाप गर्नलाई अवसरको रुपमा दसैँलाई लिनु आवश्यक छ ।”यी र यस्तै दसैँका प्रसंग उठेका हुन्, जिल्ला समन्वय समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ।

कार्यक्रममा सहभागी भएका व्यक्तिले दसैँ र संस्कृतिसँग उठाएका विषयको संरक्षणको लागि स्थानीय तहसँग समन्वय गर्ने प्रतिबद्धता रहेको छ जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीको । “दसैँको लागि माटो खन्दा, पिङ खेल्दा, चङ्गा उडाउँदा सावधानी अपनाइएन भने अप्रिय घटना भइरहेको हुन्छ । घटनाले गर्दा पनि कतिपय स्थानमा यस्ता संस्कृति लोप हुने अवस्थामा पुगेको छ”, जिसस प्रमुख ठकुरीले भन्नुभयो, “हाम्रो यस्ता चाडपर्व र संस्कृति पर्यटनसँग पनि जोडिएको हुन्छ । त्यस्ता संस्कृतिको जगेर्नाको निमित्त स्थानीय तहलाई कार्ययोजना बनाएर अघि बढाउन समन्वय गर्नेछु ।” मासुका विभिन्न परिकार बनाएर खाने पर्वको रुपमा दसैँैलाई लिने गरिएको छ । मासु मात्र नभई सन्तुलित भोजनको सेवन गर्नलाई कार्यक्रमका सहभागीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu