ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशम चौधरीको उम्मेदवारी खारेज


एबीसी / संवाददाता
२६ आश्विन २०७९, बुधबार   ६ : ५१   बजे

काठमाडौँ, २६ असोज । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । उनको उम्मेदवारीविरूद्ध नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थले उजुरी दिएपछि छानबिन थालिएको थियो ।निर्वाचन अधिकृतको कार्यालयल बर्दियाका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय भएको बताउनुभयो । लम्सालका अनुसार चौधरी २०७४ फागुनदेखि निरन्तर कैदमा रहेको पत्र काठमाडौँस्थित डिल्लीबजार कारागारले पठाएको थियो ।

त्यसैगरी उच्च अदालत डोटीले पनि रेशम चौधरी दोषी ठहर भएको पत्र पठाएको थियो । त्यहीकारण चौधरी प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवारका लागि अयोग्य भएको उहाँले बताउनुभयो । यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका थरूहट नेता लक्ष्मण चौधरी (थारू) को उम्मेदवारी खारेज भएको थियो ।टीकापुर हत्याकाण्डका मुख्य पात्रका रूपमा दोषी ठहर भएर डिल्ली बजार जेलमा रहेका चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका थिए ।

उनले यही आइतबार वारेसनामामार्फत् प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका थिए । उनको उम्मेदवारी नागरिक उन्मुक्ति पार्टीका जग्गुप्रसाद चौधरीले दर्ता गराउनुभएको थियो ।
उनी २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट लोकप्रिय मतसहित निर्वाचित भएका थिए । उनले सांसदको रूपमा शपथ लिए पनि संसद्‌मा प्रवेश गर्न पाएनन् ।

उनले आफ्नो पाँच वर्षे सांसदको कार्यकाल जेलमै बसेर बिताएका छन् । टीकापुरकाण्डपछि भारतमा लुकेर बसेका उनी सांसद निर्वाचित भएपछि नेपाल आएका थिए ।

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा १३ को उपदफा (झ)मा कैदमा बसेकोमा कैद बसेको अवधिभर उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group