गुल्मी, ८ माघ । स्वास्थ्य चौकि सत्यवति गाउपालिका ४ लिम्घामा वर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । वर्थिङ सेन्टर संचालनमा आएसँगै लिम्घाबासिलाई प्रसुति गराउनको लागि जुहाङ खैरेनी जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
सुरक्षित प्रसुतिकै अभावमा अकालमा महिलाहरूको ज्यान जाने प्रथाको अन्त्य गर्न गाउँमै बर्थिङ सेन्टरको स्थापना गरिएको लिम्घा स्वास्थ्य चौकिका इन्चार्ज नारायण खनालले बताए ।
कार्यक्रमकै अवसरमा लिम्घा स्वास्थ्य चौकि भवन निर्माणको लागि जग्गा तथा नगद प्रदान गर्ने ब्यक्ति तथा संघ सस्थाँलाई पनि सम्मान गरिएको छ ।
स्वास्थ्य चौकि निर्माणका लागि १ रोपनी जग्गा प्रदान गर्ने सत्यवति ४ का लिलादेवी पल्ली, स्वास्थ्यचौकि निर्माणका लागि नगद १ लाख २० हजार प्रदान गर्ने लिम्घाकै होम बहादुर पल्लीलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गरिएको छ ।
त्यस्तै १५ हजार प्रदान गर्ने नर बहादुर थापा, कृष्ण शाही, १४ हजार प्रदान गर्ने मन बहादुर पल्ली, ओम बहादुर पल्ली, ३५ हजार बराबरको फर्निचर उपलब्ध गराउने लिम्घेली युवा क्लव र १० हजार ५ सय बराबरको फर्निचर का सामाग्री उपलब्ध गराउने प्रगतिशिल युवा क्लवलाई पनि सम्मान गरिएको छ ।
साथै कार्यक्रमकै अवसरमा होम पल्लीले स्वास्थ सस्थाँमा नयाँ प्रयोशाला स्थापनाको लागि चाहिने औजारहरूको ब्यवस्थापन गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे । गाउँमै भरपर्दो सेवा दिने कार्यमा केहि मात्रामा भएपनि इट्टा थप्ने उदेश्यले आफूहरुले जग्गा तथा नगद प्रदान गरेको दाताहरुले बताएका छन् ।
एबीसी रिर्पोटर हुमाकान्त पोखरेल
प्रतिक्रिया दिनुहोस्