ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोणसभा तथा आमसभा निषेध– कात्तिक १७ अघि आमसभा गरे उम्मेदवारी खारेज गरिदिने


एबीसी / संवाददाता
१ कार्तिक २०७९, मंगलबार   ७ : ०८   बजे

काठमाडौं, १ कात्तिक । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेअघि उम्मेदवाले आमसभा गरेमा उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दलका उम्मेदवारलाई कोणसभा तथा आमसभा निषेध गरिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।‘आयोगले तोकेको मितिअघि कोणसभा तथा आमसभामा गरिए आचारसंहिताको उल्लंघन हुनेछ। त्यस्ता उम्मेदवाहरूको मनोनयन खारेज गर्ने कठोर निर्णय आयोगले लिनेछ,’ उनले भने। दलहरूले कात्तिक १८ गतेबाट मात्रे प्रचार-प्रसार गर्न पाउनेछन्।

उम्मेदवार र राजनीतिक दलहरूले हाल २५ जनासम्मको समूहमा मतदाताबीच घरदैलोको कार्यक्रम गर्न सक्नेछन्।घरदैलको क्रममा पनि राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन गरेका उजुरी आयोगमा आएको आयुक्त भण्डारीले बताए।

थुप्रै ठाउँबाट घरदैलो जाने सन्दर्भमा तामझाम गरेर भएको साथै भोजभतेर गर्न पनि सुरू भएको उजुरी परेका छन्। हामी छानबिन गरिरहेका छौँ,’ उनले भने।आचारसंहिता पालनाको सवालमा आयोग कठोर हुने उनले बताए। आचारसंहिता कार्यान्वयन गर्ने सवालमा कुनै पनि कसर बाँकी राख्दैन बडो निर्मम तरिकाले निर्दयी भएर कारबाही गर्दछ। अहिले घरदैलोसम्म गर्ने कार्यक्रम हो त्योभन्दा बढी प्रचारप्रसार केही पनि गर्न पाउनुहुन्न, भण्डारीले भने। यसअघि सत्ता गठबन्धनले कात्तिक ४ गतेदेखि ७ गतेसम्म सातै प्रदेशमा संयुक्त सभा गर्ने तालिका सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu