ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङ ३ : शर्मा र ढकालको प्रतिस्पर्धामा रेखा थापाको इन्ट्रीले माहोल बेग्लै


एबीसी / संवाददाता
८ कार्तिक २०७९, मंगलबार   ७ : ५६   बजे

विराटनगर, ८ कात्तिक । आगामी ४ मंसिरमा हुने निर्वाचनमा मोरङ ३ चर्चामा छ । यो क्षेत्रमा एमाले स्थायी कमिटी सदस्य, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुँदै छ ।

मोरङ ३ मा २०७४ को चुनावमा एमालेका ढकाल र कांग्रेसका शर्माबीच कडा प्रतिस्पर्धा भएको थियो । ढकालले १९ सय सात मतले शर्मालाई पराजित गरेका थिए । ढकालले ४२ हजार चार सय १३ र शर्माले ४० हजार पाँच सय ६ मत प्राप्त गरेका थिए । यसपटक पनि ढकाल एमालेबाट र कांग्रेसबाट शर्मा दोहोरिएका छन् । राप्रपाकी रेखा थापाको प्रवेशले चुनावी माहोल तताएको छ ।

थापाको बढ्दो सक्रियताले क्षेत्र नम्बर ३ मा बेग्लै माहोल सिर्जना गरिदिएको छ। जन्मथलो यही क्षेत्रमा भएकी उनले मतदातालाई रिझाउन गरिरहेको प्रयासले शर्मा र ढकाललाई चुनौती थपिने देखिन्छ ।

थापाले स्वास्थ्य, शिक्षा निःशुल्क, गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना, तटबन्ध, विकास निर्माण, यस क्षेत्रका जनताको जीवनस्तर उकास्नुलाई चुनावी मुद्दा बनाएकी छन् । यो निर्वाचन क्षेत्रमा पार्टीको मत कम भए पनि रेखालाई व्यक्तिगत भोट आउने राप्रपाको आस छ । घरदैलोमा थापाको क्रेजले भीड लाग्ने गर्छ । जस स्वरुप उनले आफ्नो कुराहरु खुलर राख्न पाएकी छिन् ।

शर्माले सडक, सिंचाइ, खानेपानीको सहज सुविधा र गरिब समुदायकालाई चिकित्सा शिक्षामा निःशुल्क अध्ययन, युवालाई रोजगारी र खोलाको कटान जस्ता समस्यालाई चुनावी मुद्दा बनाएका छन् । अघिल्लो चुनावमा सुकुमबासी समस्या समाधानलाई प्रमुख चुनावी मुद्दा बनाएका ढकालले संसदमा समेत आवाज नउठाएकाले सुकुम्बासी समुदाय रुष्ट छन् । उनले भने आफ्नो पार्टीले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेर सुरु गरेको कामलाई गठबन्धनको सरकारले निरन्तरता दिँदै आएकाले अब चाँडै स्थायी समाधान पाउने दाबी गरे । ढकालले अपेक्षित काम गर्न नसकेको स्थानीयवासीको आरोप छ ।

अघिल्लो निर्वाचनमा एकढिक्का देखिएको कांग्रेसमा महाधिवेशन र स्थानीय तह निर्वाचनमा संस्थापन पक्ष र इतर पक्षबीचको असन्तुष्टिको तुष मेटिसकेको छैन । यद्यपि शर्मा भने आफ्ना प्रतिद्वन्द्वी एमालेका ढकाललाई दोब्बर मत ल्याएर हराउने दाबी गर्छन्। घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले ढकाललाई ६० हजार मत ल्याएर जित हासिल गर्ने बताए । १४औँ महाधिवेशनमा उत्पन्न अन्तद्र्वन्द्व निर्वाचनको मुखमा साम्य हुँदै शर्मा दाबी गर्छन्।

पूर्वस्वास्थ्यमन्त्री ढकालले जनताको गुनासोलाई अत्यन्त महत्वका साथ लिएको बताउँछन् । अघिल्लो निर्वाचनपछि जनतामा नआएको भनेर ढकालको टीकाटिप्पणी हुने गरेको छ । ‘जोसुकै नागरिकले पनि आफूले जिताएर पठाएका जनप्रतिनिधिसँगै यही निर्वाचन क्षेत्रमा बसिदिए हुन्थ्यो भनेर सोच्नु, नजिकै हुन पाए हुन्थ्यो, आफ्ना कुरा सिधासिधी राख्न पाए हुन्थ्यो भन्नुलाई स्वाभाविक रूपमा लिएको छु । तर, नागरिकले के बुझ्नु भएको छ भने राजकीय रूपमा काम गरेको व्यक्ति अलिक व्यस्त हुन्छ । कानुन निर्माणको काममा लाग्नु पर्छ भन्ने पनि उहाँहरूलाई थाहा छ,’ उनले भने, ‘हाम्रो मान्छे हो, घुलमिल भएन, पहुँच पुगेन भन्ने नागरिकका गुनासाहरू आएका थिए त्यो सम्बोधन हुँदै गएका छन् । मबाट भएका केही कमीकमजोरी छन् भने त्यसलाई सुधार गर्नुपर्छ, गर्छु । नागरिकले मेरो बारेमा पनि राम्रो बुझ्नु भएको छ र मैले पनि नागरिकका समस्यालाई राम्रोसँग बुझेको छु ।’

अभिनेत्री रेखा थापा एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताउँछिन् । उनले आफू आश्वासन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पूरा गर्ने दाबी गर्छिन् । यसअघि जितेका जनप्रतिनिधिले उक्त क्षेत्रको विकासको सिन्को पनि नभाँचेकाले गलत परम्परा तोड्न आफू चुनावी मैदानमा खडा भएको उनले बताइन् । आफूले जितेमा निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुमबासी समस्यालगायतका क्षेत्रमा थुप्रै काम गर्ने उनले बताइन् ।

यस क्षेत्रमा नौ दल र ६ स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा जिल्लाका ६ वटै क्षेत्रमध्ये सबभन्दा बढी एक लाख ४९ हजार आठ सय ३३ मतदाता छन् । क्षेत्र नम्बर ३ मा सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका २६ वटा वडा पर्छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले क्षेत्र नम्बर ३ अन्तर्गतका चारवटै स्थानीय तहको प्रमुख पदमा विजयी भएको छ। बेलबारी नगरपालिकाको उपप्रमुखबाहेक एमालेले तीन पालिकाको प्रमुख९उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको छ। वडाध्यक्षले २६ वटा वडामा पाएको मतका आधारमा एमाले थोरै मतले अघि छ। एमालेले वडागत रुपमा ३७ हजार ४१० मत प्राप्त गरेको छ।

नेपाली कांग्रेसले वडागत रुपमा ३७ हजार ७६ मत प्राप्त गरेको छ। एमालेले १४ वटा वडाध्यक्ष जित्दा कांग्रेसले ११ वडामा जित हासिल गरेको छ। एउटा वडा स्वतन्त्रले जितेको छ। क्षेत्र नम्बर ३ मा माओवादीले सात हजार तीन सय ७३, राप्रपाले दुई हजार १२१ मत ल्याउँदा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले एक हजार ८५५ मत ल्याएका थिए।

वडागत मतका आधारमा एमाले अघि देखिए पनि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका कारण गठबन्धनको मत बढी छ । वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा सत्तारूढ गठबन्धन एमाले गठबन्धनभन्दा आठ हजार चार सय १४ मतले अगाडि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group