ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको घोषणापत्र : प्रचण्डको नेतृत्वमा आगामी सरकार


एबीसी / संवाददाता
१५ कार्तिक २०७९, मंगलबार   ६ : ३७   बजे

काठमाडौं । संसदमा तेस्रो शक्ति बन्ने दौडमा रहेको नेकपा माओवादी केन्द्रले आगामी सरकार आफ्नै नेतृत्वमा बनाउने घोषणा गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाडाँमा सोमबार ८१ पृष्ठको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रुपमा अगाडि सारेको हो । आगामी सरकार निर्माणमा निर्णायक हुने अनुमान गरिएको माओवादी केन्द्रले राष्ट्रको नेतृत्व, निकास र विकासका लागि प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ । नेताहरुको अभिव्यक्ति र चुनावी गीत मार्फत् पनि माओवादी केन्द्रले आगामी सरकारको दावी गर्दै आएको थियो । सोमबार मात्रै पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले गोरखा पुगेर प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका थिए ।

घोषणा पत्रमा भने प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने कारण र त्यसबाट मुलुकले पाउने लाभबारे क्षेत्रगत व्याख्या गरिएको छ । विभिन्न ४८ क्षेत्रलाई समेटेर प्रस्तुत घोषणापत्रको सार भने माओवादी नेतृत्वको सरकार र प्रचण्ड प्रधानमन्त्री रहेको छ । तर मत भने माओवादी केन्द्रले गठबन्धनकै निम्ति मागेको छ ।

‘संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धनः गठबन्धनका उम्मेदवारलाई यसपटक मतदान’, घोषणापत्रमा लेखिएको छ । माओवादी केन्द्रले अहिलेको गठबन्धनलाई तात्कालिक परिस्थितिको उपज भनेको छ ।

२०७४ को चुनावपछि नेकपा एमालेसँग एकता गरे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी कदम चालेकाले अहिलेको गठबन्धन बनाउनु आवश्यक परेको माओवादी केन्द्रको प्रष्टोक्ति छ ।

‘प्रतिगमन विरोधी संघर्षको क्रममा जन्मेको गठबन्धन अहिले आसन्न चुनावमा पनि तालमेल गर्ने निर्णयसहित अघि बढेको छ । यो गठबन्धन र तालमेल तात्कालिक परिस्थितिको उपज हो’, माओवादी केन्द्रले लेखेको छ । तर आगामी सरकार भने माओवादी केन्द्रकै नेतृत्वमा बन्ने घोषणापत्रमा दाबी गरिएको छ ।

प्रचण्ड नेतृत्वको सरकार बन्नुपर्ने र बनाइनेबारे व्याख्या छ । ‘नेपालको समकालीन राजनीतिमा उहाँ मात्र एक्लो त्यस्तो नेता हुनुहुन्छ । तसर्थ, अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको ने.क.पा.(माओवादी केन्द्र) बाट मात्र यतिबेला पनि राष्ट्रको नेतृत्व, निकास र विकास सम्भव छ’, घोाषणापत्रमा लेखिएको छ । यसपटक पनि माओवादी केन्द्रले प्रचण्डलाई गिरिजाप्रसाद कोइरालासँग तुलना गरेको छ ।

‘गिरिजाप्रसाद कोइरालासँगै शान्ति प्रक्रियाको संयुक्त नेतृत्व गर्नुभयो, संविधान सभाद्वारा संविधान निर्माणमा प्रमुख नेतृत्वदायी भूमिका खेल्नुभयो, संविधान कार्यान्वयनको प्रक्रियाको नेतृत्व गर्नुभयो र प्रतिगमन विरोधी सङ्घर्षको नेतृत्व गर्नुभयो’ प्रचण्डको भूमिकाबारे लेखिएको छ । पार्टीको आठौं महाधिवेशनले प्रचण्डकै नेतृत्वमा वैचारिक–सांस्कृतिक रुपान्तरणको महाअभियानमा जाने घोषणा गरेको स्मरण गरिएको छ ।

नयाँ सरकारले राजनीतिक अस्थीरता कायम गर्ने र समाजवाद उन्मुख कार्यक्रममा जोड दिने प्रतिबद्धता गरिएको छ । ‘समाजवादी व्यवस्थाको आधार तयार गर्न तत्काललाई समाजवादउन्मुख चरित्रको स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गरिनेछ’, घोषणापत्रमा लेखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group