ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रको घोषणापत्रमा के छ ? (भिडियोसहित)


एबीसी / संवाददाता
१६ कार्तिक २०७९, बुधबार   ९ : ५९   बजे

काठमाडौं, १६ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गर्ने क्रम जारी छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले कृषि क्षेत्रमा नमूना कार्यक्रमदेखि लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् आगामी सरकार निर्माणसम्मका योजना प्रतिबद्धतापत्रमा व्यक्त गरेको छ । यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादीले संयुक्त घोषणापत्र जारी गरेको थियो भने यो पटक माओवादी केन्द्रले एकल रुपमा चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक ग¥यो । माओवादी केन्द्रले नेपाली विशिष्टतामा आधारित नेपाली मोडलको २१ औं शताब्दी अनुरुपकाृ समाजवाद निर्माण गर्ने उद्देश्यका साथ राष्ट्रिय सार्वभौमिकता, स्वाधिनता, लोकतन्त्रको रक्षा, परिमार्जनक र विकास सामाजिक न्यायसहितको समृद्विको प्रािप्त लगायतका मुख्य मुद्दा बनाएको छ । समाजवादको आधार निर्माण, नेपाली मौलिकताको समाजवाद स्थापना रणनीतिक लक्ष्य लिदै त्यस दिशामा अभिमुखीकरण र संक्रमणकालीन न्य ायसँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्नु तात्कालीन प्राथमिकता रहेको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले समृद्विका लागि क्रमभंगता ः सामाजिक न्यायसहितको समृद्वि ऐतिहासिक राजनीतिक परिवर्तनको निर्देशन समाजको आवश्यकता र जनताको अपेक्षा अनअुसार समृद्विले गुणात्मक फड्को मार्न नसकेको औल्याएको छ । विकास र समृद्विको सुस्त र सिमित प्रकृतिको परम्परागत गतिको निरन्तरता तोडेर गुणात्मक फ्को मार्नुपर्ने उद्देश्य रहेको माओवादी केन्द्रले जनाएको छ ।

देशमा लामो समयदेखि भोग्नु परेको बेरोजगारीको समस्या, बढ्दो आयात र उच्च व्यापार घाटा, न्यून पूजीगत खर्च जस्ता समस्या समाधान साधारण प्रयासबाट सम्भव नहुने माओवादीले बताएको छ । कृषि क्षेत्रको रुपान्तरण, औद्योगिकरण, पर्यटन प्रवद्र्धन, जलस्रोतसहित दीगो विकास, वित्तिय क्षेत्रको सुधार तथा सम्मानजनक रोजगारीका लागि कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने जस्ता कार्यक्रम माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख छ । देशलाई लोडसेडिङमुक्त बनाउने, ठूला विकास आयोजनाहरुको कार्यान्वयनमा तिव्रता दिने, राष्ट्रिय मुद्दाहरुमा विभिन्न शक्तिहरुलाई एकता प्रक्रियामा ल्याउने र प्रतिगमनलाई परास्त गर्नेमा भूमिका खेल्ने माओवादी केन्द्रले जनाएको छ ।

आगामी निर्वाचनका लागि राजनीतिक दलहरुले आम मतदाता समक्ष आ–आफ्नो प्रतिबद्वतापत्र व्यक्त गरिरहेका छन् । गठबन्धनमा प्रभावकारी भूमिका खेल्दै आएको माओवादी केन्द्रले आगामी निर्वाचनका लागि प्रतिबद्वता व्यक्त गरेको छ । निर्वाचनमा व्यक्त गरेको प्रतिबद्धता सत्तामा गएपछि कार्यान्वयनका लागि दलहरु प्रतिबद्व हुन सक्नुपर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu