ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरुको घोषणापत्रमा खेलकुद क्षेत्र उपेक्षामा (भिडियोसहित)


एबीसी / संवाददाता
१७ कार्तिक २०७९, बिहिबार   १० : १९   बजे

काठमाडौं १७ कात्तिक । राजनीतिक दलहरु भातृ संगठन विस्तारमा निकै अघि छन । सबैजसो राजनीतिक दलले आफना भातृ संगठन बनाएका छन । युवाहरुलाई लक्षित गरेर खेलकुदका संगठन पनि बनाएका छन । तर संगठन बनाई पार्टी बलियो बनाउने ध्येय बोकेका राजनीतिक दलले भने खेलकुदका एजेण्डालाई प्राथमिकतामा राख्नै सकेका छैनन । खेल र खेलाडीको प्रदर्शनबाट देशले विश्वमा परिचय पाउने भएतापनि चुनाव नजिकैको घोषणापत्रमा समावेश भएझैं राजनीतिक दलहरुका खेलकुदका एजेण्डाहरु कार्यान्वयनमा भने आउन सकेका छैनन् ।

खेलकुदमा लगानीभन्दा खेलाडीलाई प्रयोग गरेर चुनाव जित्ने चलन नेपालमा नौलो होइन । पञ्चायतदेखि बहुदल र गणतन्त्रसम्म आइपुग्दा यो क्रम रोकिएको छैन । विशेषगरी मार्सल आर्टस गेम्स कराँते, तेक्वान्दो, जुडो, बक्सिङलगायत खेलका खेलाडीलाई चुनावमा प्रयोग गर्न दलहरूको होडबाजी चल्छ । दलहरुले सार्वजनिक गरिएका घोषणापत्रमा पनि देशलाई विकासतर्फ डो¥याउने, आर्थिक समुन्नती र सुशासनका नारा सबैले व्यक्त गरेका छन् । खेलकुद पनि अभिन्न पाटो भन्दै खेल क्षेत्रको विकास, खेलसँग सम्बन्धित भौतिक पूर्वाधार निमार्ण र खेलाडीको हीतको विषयमा पनि घोषणा पत्रमा बुँदा उल्लेख गरिएको छ । घोषणापत्र बनाउँदैगर्दा सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसले क्षेत्रगत प्राथमिकतामा समवेश गरेर कला, संस्कृति र खेलकुद विकासको एजेण्डालाई अगाडि सारेको छ । नेपालीको पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठामा नै नेपालको राष्ट्रिय गरिमा उच्च हुने सिद्धान्तसहित आगामी निर्वाचनमा होमिन लागेको काँग्रेसले खेल पूर्वाधार निमार्ण तथा उचित संवद्र्धन गर्ने प्रतिवद्धता अगाडि सारेको छ । व्यवस्थापकिय संरचनालाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम सुधार गरी खेलाडीहरुको भविष्य सुनिश्चित गर्दै खेल प्रशिक्षक, खेल पदाधिकारी, खेलकमी र खेल पत्रकाररितालाई प्राथमिता राख्ने उल्लेख गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमालेले पनि युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान, कभर्ड हल तथा क्लव भवनमा जोड दिएर खेल क्षेत्रलाई अगाडि बढाउने वाचा घोषणापत्रमार्फत गरेको छ । यस्तै खेलाडीहरुको सम्मान र वृद्धि विकासका कार्यक्रमसहित जीवनवृत्ति प्रणाली कार्यान्वयनमा ल्याउने, सम्भावना बोकेका खेलाडीको खोजि गर्ने र धेरै भन्दा धेरै प्रतियोगितामा खेलाडीलाई समावेश गराई अनुभव बटुल्ने अवसर दिने योजना ल्याएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी माओवादीले खेलकुद क्षेत्रमा संलग्न युवाको जीविकोपार्जनका लागि मापदण्ड बनाई आवश्यक आर्थिक सहयोगको प्रवन्ध मिलाउने र खेलकुद परिषद्को क्षमता विकासमार्फत खेलकुद क्षेत्रको विकास गर्ने योजना घोषणापत्रमार्फत अगाडि सारेको छ । ठोस योजना घोषणापत्रमा उल्लेख गर्न नसकिएको प्रस्टै देखिन्छ ।

सत्ता गठबन्धनको अर्को दल नेकपा (एकीकृत समाजवादी) ले स्वस्थ जीवनको आधार नै खेलकुद पूर्वाधार भन्दै खेल संरचनामा जोड दिएको छ । हरेक पालिकामा खेलकुद गतिविधि सहित रंगशाला र खेल मैदान निमार्ण गर्ने विषयमा जोड दिँदै, स्वास्थ्यका लािग खेलकुद, राष्ट्रिय पहिचानका लागि खेलकुद भन्ने नारा घोषणापत्रमा उल्लेख गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक पालिका एक खेल मैदानसहितको खेलकुद एजेण्डा अगाडि सारेको छ । घोषणापत्रमार्फत खेलकुद विकास गर्ने योजना बनाएको राप्रपाले प्रदेश र स्थानीय स्तरमा आवश्यकताको आधारमा रंगशाला, कभर्ड हल, खेल मैदान, खुला व्यायामशाला बनाउने एजेण्डा बनाएको छ ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्व गरेका नेपाल समाजवादी पार्टीले खेलकुद क्षेत्रमा लाग्न चाहने युवाहरुलाई प्रोत्साहनमुलक कार्यक्रमहरुको व्यवस्था गर्ने र खेलकुद सम्बन्धी कार्यक्रमहरुको प्रवद्र्धनमा विशेष ध्यान दिने नीति लिने आसन्न निर्वाचनका लागि सार्वजनिक गरेको घोषणा पत्रमा उल्लेख गरेको छ ।

नेपाली राजनीतिका शीर्ष दलको परिचय पाएका अलावा अन्य साना दलहरुले पनि खेलकुदका विषय कतै कतै जोडेका छन् । सबैको चासो पूर्वाधार नै रहेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दहरुले आ–आफ्नो घोषणापत्र लिएर जनताको घरदैलोमा पुगिसकेको अवस्थामा खेलकुदमा जीवन बिताएका खेलपदाधिकारीले भने खेल बुझ्ने पदाधिकारी अभिभावक संस्थामा खोजिरहेका छन् । राजनीतिक दलले तयार पारेको आफ्नो घोषणापत्र र कार्यक्रममा खेलकुद क्षेत्रका एजेण्डा कार्यन्वयन भने ओझेलमा परेको छ । दलले जारी गरेको घोषणा पत्रमा देशको मुहार फेर्नेदेखि आर्थिक समृद्धिका चखिला एजेण्डलाई बोक्दै गर्दा खेलकुद क्षेत्रलाई भने उपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group