ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी ४ मंसिरमा जनमत संग्रह : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
२५ कार्तिक २०७९, शुक्रबार   ३ : ५५   बजे

काठमाडौं, २५ कात्तिक ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा सरदरभन्दा बढी मतान्तरले जित्नपर्ने बताएका छन्। साथै, गोरखाले बलियो सन्देश दिएर सरकार बनाउन जानपर्ने प्रचण्डले बताए। ‘गोरखाबाट सामान्य मतले जितेर पुग्दैन, एभरेजभन्दा बढी मतले जितेर यहाँबाट सिंगो देशलाई नै सन्देश दिनेपर्ने छ’ गोरखाको सिरानचोक–८ जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने। गोरखामा विकास निर्माणको काम गरेर सिंगो देशलाई नै देखाउने अभियानमा आफू रहेको प्रचण्डले बताए। उनले भने, ‘यो तपाईंहरुको सेवा गर्ने चुनौतीको रुपमा मैले लिएको छु।’ उनले कांग्रेस र माओवादी आमने सामने भएकै कारण मिलेको पनि बताए।

‘नेपाली कांग्रेस र माओवादी हिजो युद्धको बेलामा आमने सामने शक्ति, हिजो चुनावमा पनि तछाडमछाड गरेको शक्ति, मिलेको चाहीँ कतिपयलाई नमिलेको जस्तो भएको छ,’ प्रचण्डले भने, ‘झगडा गरेको चाहीँ मिलेको जस्तो लाग्ने भएको पनि थियो। तर, आपसमा लडेकाहरु मात्रै मिलेको राम्रो हुन्छ। लडेकाहरु मिलेपछि मात्रै शान्ति हुने हो।’विकास र गतिबीचको सम्बन्ध उल्लेख गर्दै प्रचण्डले कांग्रेस र माओवादी मिलेकै कारण संघीय गणतन्त्र स्थापना भएको उल्लेख गरे।

आगामी ४ मंसिरमा जनमत संग्रह हुँदै गरेको प्रचण्डले बताए। ‘मंसिर ४ गते जनमत संग्रह हुँदैछ। एकथरी मान्छेहरु राजतन्त्र ल्याउनपर्छ भन्नेहरु पनि छन्,’ प्रचण्डले भने, ‘मंसिर ४ गते एकातिरबाट राष्ट्र, शान्ति, विकास र समृद्धिलाई नेतृत्व गर्न चाहने गठबन्धन छ भने अर्कोतिर देशलाई अँध्यरो सुरुङतिर लान चाहने शक्ति लागेको छ।’ सहमति, सहकार्य र एकता आजको आवश्यक्ता भएको प्रचण्डको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group