ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिगमनको खतरा रहेसम्म गठबन्धन : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
२६ कार्तिक २०७९, शनिबार   ८ : १४   बजे

काठमाडौं, २६ कात्तिक ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भन्नुभयो, “निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमको खतरा नटरेसम्म कायमै रहन्छ ।” प्रतिगमनको खतरा कम हुँदै गएको भन्दै उहाँले थप्नुभयो, “जतिबेलासम्म राजनीतिक दुर्घटनाको खतरा रहिराख्छ, प्रतिगमनको खतरा रहिराख्छ त्यतिबेलासम्म गठबन्धन कायम रहन्छ ।”

निर्वाचनमा एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराएपछि राजनीतिक दुर्घटना गराउन खोज्ने शक्ति पराजित भएर जाने उहाँले बताउनुभयो । आगामी निर्वाचनलाई जनमत सङ्ग्रहको संज्ञा दिँदै उहाँले भन्नुभयो, “यो निर्वाचन अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्ने समय हो ।”

गठबन्धनको बहुमत सुनिश्चित रहेको भन्दै उहाँले अत्यधिक बहुमत ल्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो “हामीले सरकार गठन गर्नका लागि मात्र गठबन्धन बनाएका होइनौँ । यो देशमा स्थिरता र विकासका लागि हो ।” राजनीतिक दुर्घटनाबाट देश बचाउन गठबन्धन बनेको जनाउँदै उहाँले गठबन्धनलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संविधानमा हस्ताक्षर गरेका दलहरुबाट नै संविधानमाथि प्रहार गर्ने काम भएको उहाँको भनाइ छ । चितवनवासीले विसं २०७४ मा विजयी बनाएर विकासको मोडल दिने अवसर दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनमा धेरै परियोजना ल्याएर धेरै काम भएका छन् । सडक सञ्जाल, शिक्षा, रोजगारी सबै प्राप्त भएका छन् ।” अबको आफ्नो जीवन विकास र आर्थिक समृद्धिका लागि सङ्कल्प गरेको भन्दै उहाँले कसैको डर, धम्कीमा नलागी गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।

नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष केशवलाल श्रेष्ठले शान्ति र समृद्धिका लागि गठबन्धनको पक्षमा लाग्न आग्रह गर्नुभयो । उहाँले एकअर्काका बीचमा इमान्दारिता प्रस्तुत गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले स्थायी सरकार र देशको समृद्धिका लागि गठबन्धन बनेको र यसलाई जिताउनुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डिला सङ्ग्रौलाले महिला हिंसाका विभेदकारी कानून परिमार्जन गर्ने अठोट व्यक्त गर्नुभयो । काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाल, लोकतान्त्रिक–वाम गठवन्धनबाट चितवन क्षेत्र नं १ का उम्मेदवार डा विश्वनाथ पौडेल, क्षेत्र नं २ का उम्मेदवार उमेश श्रेष्ठ र ३ का उम्मेदवार डा भोजराज अधिकारीले गठबन्धनका उम्मेदवार विजयी भएसँगै मुलुकमा शान्ति र समृद्धि कायम हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu