ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मङ्सिर ४ पछि एमाले सरकार बन्छ , ‘अतिक्रमित भूमि फिर्ता ल्याइन्छ’ – अध्यक्ष ओली


एबीसी / संवाददाता
२६ कार्तिक २०७९, शनिबार   ९ : ३१   बजे

काठमाडौं, २६ कात्तिक ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । कैलालीको अत्तरियामा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले वर्तमान गठबन्धन विकास र समृद्धिको बाधक भएकाले जनताले एमालेलाई नै मतदान गरेर देशको नेतृत्व दिलाउने बताउनुभयो ।

“मङ्सिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ, राष्ट्रिय महत्वका योजना अघि बढ्छन्”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलका नेतालाई देशको विकास, समृद्धि र राष्ट्रियताप्रति चिन्ता र चासो नदेखिएको टिप्पणी गर्नुभयो ।

वर्तमान गठबन्धन देशको विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको उहाँको आरोप थियो । एमाले नेतृत्वको सरकारले ४१ महिना ८२ वटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै उहाँले देशको समृद्धि र विकासका लागि एमाले सरकार नै आवश्यक भएको बताउनुभयो ।

पछिल्लो समय देश अस्थिरतातर्फउन्मुख भइरहेको दाबी गर्दै अध्यक्ष ओलीले देश बनाउने योजना एमालेसँग मात्र भएको बताउनुभयो । उहाँले गठबन्धनसँग देशको विकास र समृद्धिका लागि कुनै नीति कार्यक्रम नभएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले गरिब, असहाय, सुकुम्बासी र मुक्तकमैयाका समस्या एमालेले मात्रै समाधान गर्नसक्ने दाबी गर्नुभयो ।

‘स्वाधीनताका पक्षमा लाग्ने पार्टीलाई जनताले जिताउँछन्’

लम्की– कैलालीको लम्कीमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमार्फत जनताले राष्ट्रियता, स्वाधीताका पक्षमा दृढतापूर्वक लाग्ने पार्टीलाई विजयी गराउने बताउनुभयो ।

एमालेलाई जिताउन कसैले रोक्न नसक्ने ठोकुवा गर्दै उहाँले ज्येष्ठ नागरिक, बालबालिका, युवा, अशक्त र अन्यायमा परेका नागरिकलाई एमालेले सम्झने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “देशमा ज्येष्ठ नागरिक छन् भनेर सम्झिने पार्टी एमाले हो, मासिक रु १०० बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले मासिक रु चार हजार पुगेको छ, भत्ता बढ्नुमा एमालेको देन छ ।”

‘अतिक्रमित भूमि फिर्ता ल्याइन्छ’

डोटी– एमाले जिल्ला कमिटी डोटीले आज दिपायलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको आरोप लगाउनुभयो ।

आगामी निर्वाचनपछि बन्ने एमाले सरकारले सुदूरपश्चिमका ठूला परियोजना अगाडि बढाउने उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशका राष्ट्रिय महत्वका योजना पश्चिम सेती, खुटिया–दिपायल द्रुत मार्ग, सहजपुर–बोगटान राजमार्गलाई पूर्णता दिइनेछ, लिपुलेक लिम्पियाधुरालाई नक्सामा कायम गरे जस्तै भूमि फिर्ता ल्याउछौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu